२०८३ बैशाख २७ गते आईतवार

प्याब्सन टी–१० क्रिकेट प्रतियोगिताः छात्रा र जुनियर छात्रतर्फ पाँच खेल सम्पन्न

 

निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत पाँच खेल सम्पन्न भएका छन्।

आदर्शनगरस्थित खेल मैदानमा सम्पन्न खेलहरूमा छात्रा तथा जुनियर छात्र दुवै समूहका टोलीहरूले उत्कृष्ट प्रदर्शन गरे।
छात्रातर्फको पहिलो खेलमा बिकोन मावि स्कुलले नवदिप एकेडेमी स्कुललाई ७ विकेटले पराजित गर्‍यो। उक्त खेलमा सोनाली गुप्ता म्यान अफ द म्याच घोषित भइन्। दोस्रो खेलमा माउन्ट एडमन्ड सेकेन्डरी स्कुलले लिटिल फ्लावर सेकेन्डरी स्कुललाई ९ विकेटले पराजित गर्दै अर्चना ठाकुर म्यान अफ द म्याच बनिन्।

चौथो खेलमा ओम नेशनल एकेडेमी स्कुलले चिल्ड्रेन वर्ल्ड सेकेन्डरी स्कुललाई ९ विकेटले हराउँदा प्रज्ञा क्षेत्री म्यान अफ द म्याच घोषित भइन्।जुनियर छात्रतर्फको तेस्रो खेलमा साउथ जोन सेकेन्डरी स्कुलले ज्ञान बाटिका सेकेन्डरी स्कुललाई ९ विकेटले पराजित गर्‍यो।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका नितेश पटेल म्यान अफ द म्याच बने। अन्तिम खेलमा मनकामना सेकेन्डरी स्कुलले सूर्योदय एकेडेमी स्कुललाई ८ रनले पराजित गर्दै ओसिम आलम म्यान अफ द म्याच घोषित भए।

प्याब्सन वीरगञ्ज महानगर सचिव अमित आलोकले प्रतियोगिताले विद्यालयस्तरका बालबालिकाको खेल प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलिरहेको

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM