२०८२ माघ ११ गते आईतवार

देवताल–१ मा क्रिकेट महोत्सव: बादल इलेभेनलाई पराजित गर्दै पिप्राढी इलेभेन च्याम्पियन

 

देवताल गाउँपालिका वडा नं. १ स्थित फुलवरिया पाल स्टेडियममा भव्य रूपमा आयोजना गरिएको क्रिकेट टुर्नामेन्टको फाइनल खेल आज सफलतापूर्वक सम्पन्न भएको छ। फाइनल प्रतिस्पर्धामा बादल इलेभेन दक्षिण झिटकैया र पिप्राढी इलेभेन क्रिकेट क्लब आमनेसामने भएका थिए।
टस जितेर बादल इलेभेनले फिल्डिङ रोजेपछि पिप्राढी इलेभेनले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा १३७ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्‍यो। लक्ष्य पछ्याउने क्रममा बादल इलेभेन ९३ रनमै अलआउट हुन पुगेपछि पिप्राढी इलेभेन क्रिकेट क्लबले फाइनल जित्दै उपाधि हात पारेको हो।
लामो समयदेखि क्रिकेटमा सक्रिय रहँदै आए पनि करिब एक दशकसम्म उपाधि जित्न नसकेको पिप्राढी इलेभेनका लागि यो जित ऐतिहासिक बनेको छ। कप्तान अतिश कुमार यादवको नेतृत्वमा टोलीले दशक लामो प्रतीक्षाको अन्त्य गर्दै च्याम्पियन बन्न सफल भएको हो।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका अतुल सिंह ‘म्यान अफ द म्याच’ घोषित भए भने, सम्पूर्ण प्रतियोगिताभर निरन्तर प्रभावशाली प्रदर्शन गरेका अनुभवी खेलाडी सन्दीप मिश्राले ‘म्यान अफ द सिरिज’ को उपाधि जिते।

खेलको अम्पायरिङ शिक्षक तथा अनुभवी खेलाडी सुधीर सिंह र अभिषेक सिंहले गरेका थिए।

ट्रफी वितरण समारोहमा देवताल गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष अरुण सिंह, वडा नं. ४ का वडा अध्यक्ष ललन यादव, युवा नेता कौशल किशोर सिंह, नवलकिशोर यादवलगायत बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा हजारौँ खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो ऐतिहासिक जितसँगै पिप्राढी इलेभेन क्रिकेट क्लबले स्थानीय क्रिकेट इतिहासमा नयाँ अध्याय थपेको खेलप्रेमीहरूले बताएका

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM