२०८३ बैशाख ४ गते शुक्रबार

वीरगंजमा भन्सार छलीका केरा सहित ट्रक नियन्त्रणमा, ४६ लाखभन्दा बढी मूल्य कायम

 

बिरगंज महानगरपालिका–१६ स्थित नगवा फुलवारी टोलस्थित ओम फ्रुट सेन्टर अगाडि भन्सार छली गरी भारतबाट ल्याइएका केरा सहित ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर वीरगंजका गुल्मपति डिएसपी विकास अधिकारीको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा प्रदेश ०३–०१–००६ ख ०८३० नम्बरको छ चक्के टाटा ट्रकमा लोड गरिरहेको अवस्थामा १८२ क्रेट काँचो केरा फेला पारेको हो।

उक्त केरा सम्बन्धी आवश्यक कागजात माग्दा कुनै पनि कागजपत्र प्रस्तुत गर्न नसकिएपछि ट्रकसहित केरालाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएको सामानलाई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन निरौलाका अनुसार ट्रकसहित केराको भन्सार मूल्य ४६ लाख ४९ हजार रुपैयाँ कायम गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM