२०८३ बैशाख १ गते मंगलवार

बिरगञ्जमा सांसद हरि पन्तको निजी सचिवालय उद्घाटन, जनतासँग प्रत्यक्ष सम्पर्क बढाउने प्रतिबद्धता

 

चुनाव जितेर राजधानी केन्द्रित हुने र जनताबाट टाढा हुने प्रवृत्तिलाई चिर्दै पर्सा क्षेत्र नं. १ का सांसद तथा रास्वपा पर्सा सभापति हरि पन्तले बिरगञ्जमा आफ्नै निजी सचिवालय स्थापना गरेका छन्।
हिजो पर्सा–१ का अगुवा नेताहरूको उपस्थितिमा आयोजित एक समारोहबीच बिरगञ्ज–८ मा उक्त सचिवालयको उद्घाटन गरिएको हो।

उद्घाटन गर्दै सांसद पन्तले आफू बिरगञ्ज बाहिर रहँदा पनि क्षेत्रका जनतालाई कुनै किसिमको समस्या, गाह्रो–साह्रो वा कठिनाइ परे सहयोग गर्न सक्ने व्यवस्था मिलाइने बताए। त्यसका लागि सुदिश प्रजापतिको नेतृत्वमा १५ सदस्यीय सचिवालय टिम गठन गरिने जानकारी दिँदै उनले केही दिनभित्रै टिमलाई पूर्णता दिई सदस्यहरूको नाम र सम्पर्क नम्बर सार्वजनिक गरिने बताए।

सांसद पन्तले जनताले प्रत्यक्ष रूपमा परिवर्तनको अनुभूति गर्ने गरी काम गर्न सम्बन्धित सरकारी कार्यालयहरूलाई निर्देशन दिइसकेको उल्लेख गर्दै अनावश्यक ढिलासुस्ती भए सचिवालयमार्फत सार्वजनिक गरिने नम्बरमा जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरे।

उद्घाटन कार्यक्रममा रास्वपा पर्साका उपसभापति तुल्सा पौडेल, सचिव सुदिश प्रजापति, कोषाध्यक्ष दिलिप कुर्मी, क्षेत्रीय सभापति राम आर्या, महानगर सभापति अमन आलम, सचिव गौतम श्रेष्ठ लगायत नेताहरू—युवराज पटेल, दीपेन्द्र मण्डल, रामबाबु सिंह, महबुब आलम, सगिर अन्सारी, विशाल कुमार, सुमित चौरसिया, राजु गुप्ता, दिनेश गुप्ता, राम लामा, त्रिनेश गिरि, पूर्ण सापकोटा, सम्साद आलम, शन्नी गुप्ता, रामेश्वर साह, आलोक मिश्र, सालिक पौडेल—सहित उन्नाइस वटै वडाका निर्वाचन परिचालन समितिका संयोजक, उपसंयोजक तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।कार्यक्रमको सञ्चालन कृष्ण पासवानले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM