२०८३ बैशाख १ गते मंगलवार

सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ द्वारा सिलिङ फ्यान सहयोग हस्तान्तरण

 

सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ को आयोजनामा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। केन्द्रका अध्यक्ष ग्यासुदिन ठकुराइको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आवश्यक सामग्री वितरण गरिएको हो।

कार्यक्रमअन्तर्गत केन्द्रका सदस्य ज्याहुल हकको आर्थिक सहयोगमा छिपहरमाई गाउँपालिका–४ निवासी धर्मगुरु मौलाना वैचन अंसारीलाई सिलिङ फ्यान हस्तान्तरण गरिएको थियो। सहयोगले लक्षित व्यक्तिको दैनिक जीवनमा सहजता ल्याउने विश्वास व्यक्त गरिएको छ।

उक्त कार्यक्रममा प्रशुराम ठाकुर, सुरेन्द्र प्रसाद साह, शशिकान्त चौधरी, तैयब अंसारी लगायत स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।
सामुदायिक प्रहरी सेवा केन्द्रले समाजमा आपसी सहयोग, सहकार्य र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले यस्ता सामाजिक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM