२०८३ बैशाख १ गते मंगलवार

वित्तीय साक्षरता प्रवर्द्धनका लागि राष्ट्र बैंकद्वारा पत्रकार अभिमुखीकरण, पाँच जिल्लाका ७० सञ्चारकर्मी सहभागी

 

वित्तीय साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयले आयोजना गरेको एक दिने पत्रकार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मकवानपुरको हेटौंडास्थित एभोकाडो रिसोर्टमा आयोजना गरिएको थियो।

उक्त कार्यक्रममा पर्सा, बारा, रौतहट, मकवानपुर र चितवन जिल्लाबाट करिब ७० जना सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी विभिन्न विषयहरूमा जानकारी प्रदान गर्नुका साथै पत्रकारहरूको भूमिकाबारे समेत छलफल गरिएको थियो।

कार्यक्रम नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका प्रमुख सुशील पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सहायक निर्देशक नरेश सरार्फ् लगायत अन्य कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।
अभिमुखीकरण कार्यक्रममा सहभागी पत्रकारहरूलाई वित्तीय प्रणाली, बैंकिङ सेवा, डिजिटल भुक्तानी, बचत तथा लगानीका उपायहरूबारे जानकारी गराइएको थियो।

यस प्रकारका कार्यक्रमहरूले आम नागरिकमा वित्तीय सचेतना फैलाउन सञ्चारकर्मीहरूले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।कार्यक्रमको अन्त्यमा सहभागीहरूले यस्ता तालिमले आफ्नो पेशागत क्षमता अभिवृद्धि हुनुका साथै जनतालाई सही वित्तीय जानकारी प्रवाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM