२०८३ बैशाख १ गते मंगलवार

नयाँ वर्षको अवसरमा वीरगञ्जमा सरसफाइ, बेन्च स्थापना र वृक्षारोपण कार्यक्रम सम्पन्न

 

नयाँ वर्ष २०८३ को उपलक्ष्यमा वीरगञ्जको पुरानो बसपार्क क्षेत्रमा सरसफाइ, बेन्च स्थापना तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगर र सिद्धार्थ दियालो होटलको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो।

कार्यक्रम ग्रीनसिटीका अध्यक्ष जय प्रकाश खेतानको नेतृत्वमा सम्पन्न भएको थियो। कार्यक्रममा सिद्धार्थ दियालो होटलका संचालक बिशाल पटवारी,श्रीमति अर्पना पटवारी तथा सामुदायिक प्रहरीका सदस्य तथा पदाधिकारी, स्थानीयवासी र अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमअन्तर्गत पुरानो बसपार्क क्षेत्रको सरसफाइ गरी वातावरणलाई स्वच्छ बनाउने प्रयास गरिएको थियो। साथै, सर्वसाधारणलाई बस्न सहज होस् भन्ने उद्देश्यले विभिन्न स्थानमा बेन्चहरू स्थापना गरिएको छ। हरियाली प्रवर्द्धन गर्दै वातावरण संरक्षणमा टेवा पुर्‍याउने लक्ष्यसहित वृक्षारोपणसमेत गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार यस्ता सामाजिक तथा वातावरणीय कार्यक्रमले शहरको सौन्दर्य अभिवृद्धि गर्नुका साथै नागरिकमा सरसफाइ र वातावरण संरक्षणप्रति चेतना जगाउने विश्वास लिइएको छ। नयाँ वर्षको सुरुवातसँगै गरिएको यस पहलले सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM