२०८३ बैशाख १ गते मंगलवार

वीरगञ्ज जेसीजद्वारा “जेसीज सप्ताह” अन्तर्गत शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

 

वीरगञ्ज जेसीज को सप्ताहव्यापी कार्यक्रम “जेसीज सप्ताह” अन्तर्गत पहिलो कार्यक्रमका रूपमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम बीरगञ्ज जेसिजको सचिवालय प्राङ्गणमा आयोजना गरिएको थियो।

कार्यक्रम वीरगञ्ज जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी रविन्द्र श्रेष्ठ को सभापतित्व तथा संस्थाका संस्थापक अध्यक्ष जेसीआई सिनेटर पशुपति विक्रम शाहको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा जेसी मधु राणा, जेसी उषा शाह, सिनेटर निशान कुमार लामिछाने, सिनेटर गणेशमान श्रेष्ठ तथा सिनेटर सन्तोष खनाल लगायतको विशेष उपस्थिति रहेको थियो।

नयाँ वर्ष २०८३ को अवसरमा कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूले एक–आपसमा शुभकामना आदान–प्रदान गर्दै मन्तव्य व्यक्त गरेका थिए। प्रमुख अतिथि जेसीआई सिनेटर पशुपति विक्रम शाहले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै देश तथा विदेशमा शान्तिको कामना गर्नुभयो। साथै उहाँले सामाजिक, आर्थिक तथा राजनीतिक अवस्थाहरू क्रमशः सुधार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको संयोजन संस्थाका उपाध्यक्ष जेसी रोशन दास थारु ले गर्नुभएको थियो भने सञ्चालन सह–महासचिव जेसी अंकिता कुशवाहा ले गर्नुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM