सेवामूलक सामाजिक कार्यमा सक्रिय एक दम्पतीले पुनः मानवीय उदाहरण प्रस्तुत गरेका छन्। समाजसेवी बृजेश्वर चौधरी र उनकि श्रीमती सुभावती देवीले जगरनाथपुर गाउँपालिका–६ का एक अति विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग प्रदान गर्नुभएको छ।
आगामी हप्तामा उक्त परिवारकी छोरीको विवाह तय भएकाले आर्थिक अभावका कारण समस्या नहोस् भन्ने उद्देश्यले उहाँले आज बिहानै २ बोरा चिउरा तथा १५ किलोको १ जार रिफाइन तेल उपलब्ध गराउनुभएको हो।
यस सामाजिक कार्यमा उहाँका श्रीमानको पनि उत्तिकै साथ र सहयोग रहेको जनाइएको छ। परिवारको दैनिकी सहज बनाउन र विवाहजस्तो महत्वपूर्ण अवसरमा केही राहत पुगोस् भन्ने भावनासहित गरिएको यो सहयोगले स्थानीयस्तरमा सकारात्मक सन्देश दिएको छ।
सहयोग प्रदान गर्दै दम्पतीले ती बहिनीको दाम्पत्य जीवन सुखद, सफल र उज्ज्वल रहोस् भनी भगवानसँग प्रार्थना समेत गरेका छन र अगामी दिनमा पनि उहाहरु संग जे जति सहयोग हुन्छ निरन्तर गरि रहने बताएका छन।








