२०८३ बैशाख १६ गते बुधबार

गौतम विद्यालयको स्वर्ण जयन्ती वर्ष शुभारम्भ, नयाँ भवन उद्घाटनसहित भव्य कार्यक्रम सम्पन्न

 

वीरगञ्जस्थित गौतम विद्यालय स्थापना भएको ५० वर्ष पूरा भएको शुभ अवसरमा आयोजित स्वर्ण जयन्ती वर्ष शुभारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विधिवत पूजा अर्चना गर्दै तथा केक काटेर स्वर्ण जयन्ती वर्षको औपचारिक उद्घाटन गरिएको थियो।
उक्त अवसरमा विद्यालयको नयाँ सुविधा सम्पन्न भवनसमेत उद्घाटन गरिएको छ।

विद्यालयकी डाइरेक्टर परिक्षा प्रिया लामाका अनुसार नयाँ भवनमा आधुनिक प्रविधिसहित कक्षा १० का विद्यार्थीहरूलाई मात्र अध्यापन गराइनेछ। डिजिटल माध्यमबाट शिक्षण व्यवस्था लागू गरिने र ‘स्मार्ट क्लास’ अवधारणाअनुसार विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरिने उनले जानकारी दिइन्।कार्यक्रमका क्रममा विगतका संघर्षपूर्ण दिनहरू सम्झँदै विद्यालयकी संस्थापक उर्मिला लामा भावुक बनेकी थिइन्।

उनले भनिन्, “वीरगञ्जलाई शिक्षाको केन्द्र बनाउने सपना बोकेर धेरै कठिनाइका बीच यो विद्यालय स्थापना गरेका थियौं। आज ५० वर्ष पूरा हुनु हामी सबैका लागि गौरवको क्षण हो। अभिभावक, शिक्षक, समाजसेवी तथा बुद्धिजीवीहरूको साथ र सहयोगकै कारण विद्यालय यहाँसम्म आइपुगेको हो।”वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले विद्यालय प्राङ्गणमा ‘५०’ आकृतिमा उभिएर बेलुन उडाउँदै उत्सवलाई थप आकर्षक बनाएका थिए।

कार्यक्रममा विद्यालयका संस्थापक निमा लामा,उर्मिला लामा,सोनम लामा,परिक्षा प्रिया लामा, प्रिन्सिपल गणेश क्षेत्री, रमेश शर्मा,ललित कर्ण,सौराज प्रधान, सरोजप्रसाद चौधरी, मनि पाख्रिन, लालबाबु पटेल, मनीष सिंह, डा. दीपक शाक्य, पशुपति विक्रम शाह, उषा शाह लगायतकाहरुको विशेष उपस्थिति रहेको थियोे।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM