वीरगञ्ज महानगरपालिका अन्तर्गत घडिअर्वा पोखरी क्षेत्रमा आज रूपशीला कलेक्सन तथा ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टर को औपचारिक रुपमा उद्घाटन गरिएको छ। स्थानीयस्तरमा सौन्दर्य सेवा, तालिम तथा कपडा व्यवसायलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको उक्त सेन्टरको उद्घाटन युवा नेता ओम प्रकाश सरार्फले रिबन काटेर गरेका हुन्।
उद्घाटन कार्यक्रममा स्थानीयवासी, व्यवसायी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै उद्घाटक सरार्फले यस्ता व्यवसायले युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने तथा महिलालाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताए।
सेन्टरकी सञ्चालिका समाजसेवी रूपशिला जैशवाल का अनुसार यहाँ ब्युटी पार्लर सेवा, सिलाई तालिम, विभिन्न किसिमका कस्मेटिक सामग्री, दुबोको माला तथा रेडिमेड कपडाहरू सुपथ मूल्यमा उपलब्ध हुनेछन्।
उनले महिलाहरूलाई सीप विकासमार्फत आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले ट्रेनिङ्ग सेन्टरसमेत सञ्चालन गरिएको जानकारी दिइन्। स्थानीय क्षेत्रमा गुणस्तरीय सेवा र सहज मूल्यमा सामग्री उपलब्ध गराउने लक्ष्यसहित व्यवसाय सुरु गरिएको सञ्चालिकाले बताइन्।








