२०८३ श्रावण २४ गते आईतवार

अति दुःखद: प्रसूति पश्चात् आमाको मृत्यु, पीडित परिवारलाई रु. ५ हजार सहयोग

 

वीरगञ्जस्थित नारायणी अस्पतालमा जगरनाथपुर गाउँपालिकाकी एक दलित परिवारकी गर्भवती महिलाको हिजो राति शल्यक्रियापछि दुःखद निधन भएको छ।

चिकित्सकले शल्यक्रियामार्फत शिशुलाई सुरक्षित जन्म दिन सफल भए पनि आमाको ज्यान जोगाउन सकेनन्। मृतकका यसअघि नै तीन छोरी रहेका थिए, नवजात शिशुसहित अब चार सन्तान भएका छन्।

घटनापछि शव गाउँसम्म लैजान एम्बुलेन्सको आवश्यकता परे पनि चालकले शव बोक्न नमिल्ने जनाउँदै अस्वीकार गरेको परिवारले जनाएको छ। आर्थिक रूपमा विपन्न उक्त परिवारलाई एम्बुलेन्स भाडादेखि लिएर अन्त्येष्टि खर्चसम्म समस्या भएपछि युवा नेता बृजेश्वर चौधरीले रु. ५ हजार आर्थिक सहयोग प्रदान गरेका छन्।

मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM