२०८३ बैशाख २१ गते सोमबार

सरकारी कार्यालयको बोर्डमा मोबिल छर्किने दुई जना पक्राउ, अनुसन्धान जारी

 

जिल्ला प्रहरी कार्यालय पर्साले सरकारी कार्यालयको बोर्डमा मोबिल छर्की फरार भएका दुई जनालाई पक्राउ गरेको छ।
वीरगञ्ज महानगरपालिका वडा नं. २३ स्थित पूर्वाधार विकास कार्यालय पर्साको प्राङ्गणमा कार्यालयका कर्मचारी राम प्रवेश यादवसँग विकास योजनासम्बन्धी विषयमा विवाद भएपछि कार्यालयको बोर्डमा मोबिल छर्की आरोपीहरू फरार भएका थिए।

घटनाबारे कार्यालय प्रमुखले वडा प्रहरी कार्यालय श्रीपुरमा दिउँसो करिब २:३० बजे टेलिफोनमार्फत जानकारी गराएपछि प्रहरी टोली परिचालन गरिएको थियो। सोही क्रममा घटनामा संलग्न रहेका दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं. ११ बस्ने ३३ वर्षीय जयपुजन ठाकुर लोहार र वडा नं. १३ राधेमाई बस्ने ३० वर्षीय मनमोहन पाण्डे रहेका छन्।
प्रहरीका अनुसार दुवै जनामाथि आवश्यक अनुसन्धान कार्य जारी रहेको छ।

प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM