२०८३ बैशाख २३ गते बुधबार

नयाँ कलेवरमा सुसज्जित क्यान्डी स्वीट हाउस, २१औं वार्षिकोत्सव तथा पुनः उद्घाटन धुमधामका साथ सम्पन्न

 

रक्सौल : शहरको मयूर गलीस्थित प्रतिष्ठित क्यान्डी स्वीट हाउसको २१औं वार्षिकोत्सव तथा पुनः उद्घाटन समारोह हर्षोल्लास र उत्साहका साथ सम्पन्न भएको छ। आधुनिक सुविधा र आकर्षक नयाँ स्वरूपमा सजिएको उक्त प्रतिष्ठानको पुनः उद्घाटन कार्यक्रम नगरवासीका लागि विशेष आकर्षणको केन्द्र बनेको थियो।

कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि सीमा जागरण मञ्चका राज्य संयोजक महेश अग्रवालले वैदिक मन्त्र उच्चारणका बीच रिबन काटेर गरेका थिए। सो अवसरमा उनले ग्राहकको अपेक्षाअनुसार सेवा दिनु, सेवाभाव कायम राख्नु र उच्च गुणस्तरका उत्पादन उपलब्ध गराउनु नै कुनै पनि व्यवसायको सफलताको मुख्य आधार हुने बताए। उनले क्यान्डी स्वीट हाउस परिवारलाई २१ वर्षको सफल यात्रा तथा नयाँ स्वरूपमा पुनः उद्घाटनको लागि बधाई दिएका थिए।

प्रतिष्ठानका सञ्चालक हरीश खत्रीले सम्पूर्ण अतिथिहरूलाई पुष्पगुच्छद्वारा स्वागत गर्दै बढ्दो प्रतिस्पर्धाका बाबजुद पनि गुणस्तर, स्वाद र उत्पादनको मापदण्डमा कहिल्यै सम्झौता नगरेको बताए। उनले ग्राहकको सुविधालाई ध्यानमा राख्दै प्रतिष्ठानलाई आधुनिक र आकर्षक ढाँचामा विकास गरिएको जानकारी दिए, जसबाट उपभोक्ताले अझ राम्रो अनुभव पाउने विश्वास व्यक्त गरे।

उनले प्रतिष्ठानले भारतीय मानक ब्यूरोबाट प्राप्त आईएसओ प्रमाणपत्रका कारण ग्राहकहरूको विश्वास अझ मजबुत भएको पनि जानकारी गराए। उपभोक्ताको निरन्तर सहयोग र विश्वासकै कारण आज २१औं वार्षिकोत्सव मनाउन सम्भव भएको उनले बताए।वार्षिकोत्सव तथा पुनः उद्घाटनको अवसरमा प्रतिष्ठानतर्फबाट अतिथि तथा ग्राहकहरूलाई मिठाई वितरण गरी मुख मिठो गराइएको थियो।

कार्यक्रममा भारत विकास परिषदका अवधेश सिंह, उमेश सिकारिया, सीताराम गोयल, अजय कुमार, प्रशान्त कुमार, मनोज कुमार सिंह, विनोद कुमार (नारियल गद्दी वाला), सुरेश धानोठिया, रमेश कुमार गुप्ता, दिनेश प्रसाद, विनोद रौनियार, सन्तोष कुमार, अरविन्द जायसवाल, सन्तोष सिंह, सुरेश कुमार, रमेश अग्रवाल, नारायण रूंगटा, राजकुमार खत्री, सारिका खत्री, मयूर खत्री, कौशल राज खत्री, शिव कुमार केशान, विष्णु मस्करा तथा हेमन्त अग्रवाल लगायत नगरका विभिन्न गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM