२०८३ बैशाख १६ गते बुधबार

उपकार सेवा नेपालद्वारा दुई विपन्न परिवारलाई विवाह सहयोग, खाद्यान्न तथा नगद सामग्री हस्तान्तरण

 

पर्सा जिल्लामा आर्थिक अभावका कारण छोरीको विवाह गर्न कठिनाइमा परेका दुई विपन्न परिवारलाई उपकार सेवा नेपाल ले राहतस्वरूप विवाह सहयोग सामग्री हस्तान्तरण गरेको छ।

पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४ सुगौली दा प निवासी स्वर्गीय पल्ट राम र लालमुनी रामकी छोरी कुमारी सिताको विवाह बहुदरमाई नगरपालिका वडा नं. ५ बर्वाका कमलेश रामसँग तय भए पनि आर्थिक अवस्था कमजोर भएका कारण विवाह खर्च जुटाउन समस्या परेको थियो। बुवाको मृत्यु भएपछि घरमा आमाबाहेक कमाउने कोही सदस्य नभएको जनाइएको छ।

यो अवस्था थाहा पाएपछि बिध्या कुमारी सरावगी ले विवाहका लागि ६० किलो चामल, ५ किलो दाल, २० किलो आलु, २ किलो स्वाबिन, ३ थान साडी, १ सेट घाघरा चोली तथा नगद सहयोगसहित आवश्यक विवाह सामग्री उपलब्ध गराएकी थिइन्। उक्त सामग्री संस्थाकी अध्यक्ष बिद्या देवी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारु ले हस्तान्तरण गरेका थिए।

त्यसैगरी रामगढवा निवासी स्वर्गीय बालदेव साह कलवारकी छोरी कुमारी मुस्कानको विवाह विश्रामपुर गाउँपालिका वडा नं. ४ बलिरामपुर निवासी हजारी साह कलवारका छोरा मुकेश कुमार गुप्तासँग तय भएको थियो। तर आर्थिक अभावका कारण विवाह खर्च जुटाउन समस्या भएको बताइएको छ।
सो जानकारीपछि संस्थाले मुस्कानको विवाहका लागि ६० किलो चामल, १ थान साडी, १ सेट सलवार सुट, १ थान तन्ना, १० किलो चिउरा, ५ किलो नून, ५ किलो चना, ४ किलो खाने तेल, मसला तथा अन्य आवश्यक सामग्री उपलब्ध गराएको जनाएको छ।

उक्त सामग्रीसमेत संस्थाकी अध्यक्ष बिद्या देवी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारुले सम्बन्धित परिवारलाई हस्तान्तरण गरेका थिए।
संस्थाले विपन्न तथा असहाय परिवारलाई आवश्यक सहयोग गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM