२०८३ श्रावण २४ गते आईतवार

वीरगञ्जमा मुख्य सडक विस्तारको नापजाँच तीव्र, घण्टाघर चौकसम्म केन्द्रविन्दु २५/२५ मिटर निर्धारण

वीरगञ्जको मुख्य सडक विस्तार योजनाअन्तर्गत सडकको केन्द्रविन्दु २५/२५ मिटर निर्धारण तथा नापजाँच कार्यलाई निरन्तरता दिइएको छ। संयुक्त प्राविधिक टोलीले आधिकारिक नक्सा र निर्धारित मापदण्डअनुसार मापन गर्दै कार्यलाई तीव्र रूपमा अघि बढाएको जनाएको छ।

त्रिभुवन राजपथ विस्तारका लागि सुरु गरिएको नापजाँच तथा केन्द्रविन्दु निर्धारण कार्यले सडक विस्तार प्रक्रियालाई थप स्पष्ट, पारदर्शी र विवादरहित बनाउने अपेक्षा गरिएको छ। प्राविधिक टोलीले आवश्यक मापदण्डअनुसार प्रत्येक क्षेत्रमा सूक्ष्म रूपमा नापजाँच गर्दै अघि बढिरहेको छ।

आज गरिएको नापजाँच कार्य वीरगञ्जस्थित घण्टाघर चौकसम्म पुगेको छ। यससँगै सडक विस्तार योजनाले थप गति लिएको स्थानीयले बताएका छन्।

सडक विस्तारपछि यातायात व्यवस्थापन सहज हुनुका साथै वीरगञ्जको शहरी सौन्दर्य, व्यापारिक गतिविधि र दीर्घकालीन पूर्वाधार विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM