२०८३ बैशाख २६ गते शनिबार

लायन्स डिस्ट्रिक्ट ३२५ एस अफ नेपालको कार्यकारी समिति गठन, नियुक्तिपत्र वितरण

अभिलाष गुप्ता
वीरगञ्ज २४ बैशाख

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस अफ नेपाल अन्तर्गत वीरगञ्ज, कलैया, जीतपुर–सिमरा तथा अमलेखगञ्जसहित क्षेत्र नं. ३ का लागि सत्र २०२६–२७ को कार्यकारी समिति गठन गरिएको छ। नवनिर्वाचित डिस्ट्रिक्ट गभर्नर एमजेएफ लायन राम बिहारी पाण्डेले आयोजित एक समारोहबीच मनोनित जिल्ला पदाधिकारीहरूलाई नियुक्तिपत्र वितरण गर्नुभयो।

समारोहमा पाँच दशकदेखि लायनवादमा सक्रिय वरिष्ठ पूर्व डिस्ट्रिक्ट गभर्नर डा. आरपी खेतान, पूर्व बहुपरिषद अध्यक्ष डा. रमेश अग्रवाल, पूर्व डिस्ट्रिक्ट गभर्नर आरके सिन्धी, नवनियुक्त क्याबिनेट सचिव बासु तिमिल्सिना, क्याबिनेट कोषाध्यक्ष रामेश्वर गुप्ता, क्षेत्रीय प्रमुख सुनिल थापा गुप्ता लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी डा. मनोज उपाध्याय, विमल जैन, भानुभक्त अधिकारी, डीएम लिम्बु, मेहर यादव, अञ्चल अध्यक्षहरू नरोत्तम पाण्डे, सुरेश रुंगटा, पिंकी शाह, मीना टिबरेवाल, रवि बरनवाल, डा. नीरज सिंह, सुशीला शाह, अमरकान्त झा, सूर्यजीत सिंह, उमेश गुप्ता, बिनोद खण्डेलवाल, नारायणी देवी रायमाझी, कृष्णबहादुर थापा लगायतको सहभागिता रहेको थियो।

मन्त्रिपरिषद्का पदाधिकारीहरूमा प्रकाश बाहेती, विजय कुशवाहा, अस्मा सिंह यादव, उमेश शर्मा, चन्द्रशेखर पटेल, सलमा खातुन, ऋतिका जायसवाल, अशोक बेरीवाल, उमेश शाह कानु, सञ्जिता प्याखुरेल, सोनी अग्रवाल, विजय गुप्ता, संदीप केडिया, पीयूष दारुका, श्याम गुप्ता, राकेश शाह, मनीष सिस्का, रवि सर्राफ लगायतका नवनियुक्त क्याबिनेट अधिकारी, लायन्स तथा लियो सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचित डिस्ट्रिक्ट गभर्नर लायन राम बिहारी पाण्डेले नयाँ टिमसँग सहकार्य गर्दै लायन्सको सदस्य संख्या वृद्धि, मानवीय सेवाका कार्यक्रम विस्तार तथा सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। उहाँले यो कार्यकाल आगामी जुलाई १ देखि सुरु भई जुन ३०, २०२७ सम्म रहने जानकारी दिनुभयो।
सो अवसरमा जुलाई महिनामा हङकङमा आयोजना हुने लायन्स अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताबारे पनि जानकारी गराइएको थियो। आजीवन सदस्य लायन राधेश्याम खेतानले शुभकामना व्यक्त गर्दै नयाँ नेतृत्वले लायन्स अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै, लायन्स क्लब अफ रक्सौलका अध्यक्ष तथा मिडिया इन्चार्ज लायन विमल सर्राफ, सचिव मोहम्मद निजामुद्दीन, कोषाध्यक्ष लायन अमित कुमार, अञ्चल अध्यक्ष लायन शम्भुप्रसाद चौरसिया तथा क्लबका सदस्यहरूले नवनियुक्त जिल्ला कार्यकारिणीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। उनीहरूले लायनिज्ममार्फत भारत–नेपाल सम्बन्धलाई थप मजबुत र प्रभावकारी बनाइने विश्वाससमेत व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM