२०८२ मंसिर २१ गते आईतवार

प्रतिबन्धित लागू औषधसहित एक जना नियन्त्रणमा

 

अभिलाष गुप्ता
चैत २० बिरगंज

सशस्त्र प्रहरीले भन्सारबाट छली लुकाई छिपाई भारत रक्सौलबाट टाँगा चढेर वीरगञ्ज तर्फ आउँदै गरेको अबस्थामा लागू औषध बरामद गरेको छ । वीरगंज महानगरपालिका–१६ स्थित सीमा नाका भन्सार कार्यालयको मुख्य द्वार अगाडि चेकजाँच गर्ने क्रममा टाँगाबाट सो लागू औषध बरामद गरेको छ। सशस्त्र प्रहरी बल पर्साको प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगंजका डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको टोलीले बरामद गरेको जनाएको छ ।

जिल्ला पर्सा, वीरगञ्ज म.न.पा., वडा नं.-१६ स्थित वीरगञ्ज भन्सार कार्यालयको परिसर अगाडि त्रिभुवन राजपथ सडक खण्डमा यस गुल्मबाट खटिएको ड्युटी टोलीले भारतको रक्सौलबाट टाँगा चढेर वीरगञ्ज तर्फ आउँदै गरेको अबस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा जिल्ला बारा, महागढिमाई नगरपालिका, वडा नं.-१४, भौरा घर बताउने वर्ष १३ को चन्दन सहनीले बोकेको सेतो रंगको बोराको झोलामा माथिबाट आलुले छोपेर लुकाई ल्याएको प्रतिबन्धित लागू औषध (CODEINE PHOSPHATE & TRIPROLIDINE HYDROCHIORIDE SYRUP) ONEREX COUGH SYRUP (100ml) को ५० वटा बोतल फेला परेको हुँदा ब्यक्ति सहित उक्त लागू औषध नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि प्रहरी चौकी ईनरुवामा बुझाईएको लोकेन्द्र
सुब्बाले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

neelambads
neelambads

Live

Listen Live FM