२०८३ असार ११ गते बिहीबार

बिरगंजमा १९ महिला सहित ९३ जनाले रक्तदान गरे

अभिलाष गुप्ता
चैत २२ बिरगंज

नयाँ बर्ष २०८२ को शुभ उपलक्ष्यमा एवं बिरगंजका अस्पतालहरुमा बिरामीहरुको अत्याधिक चाप भई रगतको अभाव भएकोले गर्दा उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।रक्तदान जीवन दान, जीवन दान महादान भन्ने मूल नाराको साथ क्वाइनोनिया बिरगंज चर्चका ख्रीष्टिय युवा समाज द्वारा रक्तदान सम्पन्न भएको छ।

उक्त कार्यक्रममा क्वाइनोनिया बिरगंज ख्रीष्टिय चर्च क्वाइनोनियाका पा. राजकुमार घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो।बिरगंज महानगरपालिका मिथिलानगर वडा नम्बर १६ अमरचोक स्थित क्वाइनोनिया बिरगंज चर्चको हलमा सम्पन्न भएको छ।

उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथी
बिरगंज महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष प्रशुराम चौरसियाको आतिथ्यमा सम्पन्न भएको छ भने विशिष्ट अतिथिमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेलको आतिथ्यमा एवम बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंह,बिरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, सामुदायिक प्रहरी सेवा कुम्हालटाेलका सचिव श्रवन बहादुर रायमाझी,समाजसेवी राजेन्द्र भट्टराई लगायतकाहरुको विशेष उपस्थिति रहेको थियो।

सो आयोजित रक्तदान कार्यक्रममा
१९ महिला सहित ९३ जनाले आफ्‌नो अमुल्य रक्तदान गरेका थिए । सो रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी बिरगंज रेश्मकोठी उपशाखाका युवा सन्योजक अभिलाष गुप्ताले जानकारी गराएका थिए ।

आजको रक्तदान कार्यक्रममा रक्तदान गर्नहुनेहरुमा
दिपक साह,आयुष सिंह लामा,रोहन खड्का,मारी कुमार राई,कमला चौबे,स्नेहा मुरारका,बिकाश महर्जन,विशाल कुमार सिंह,घनश्याम,दिपेन्द्र श्रेष्ठ,रमेश,बिकाश कुमार,इशाक सोनार,गुन्ना कु-साह,विशाल अधिकारी,शिवशंकर मान,सलमान शेख,जाकिर हुसेन,सुरेश,अलिखिल राई चौधरी,दिलीप लगायतकाहरुले आफ्नो अमुल्य रक्तदान गरेका थिए ।

नेपाल रक्तसंचार केन्द्र बिरगंजमा दिन प्रति दिन रगतको अभाव देखिएका कारण रगतको आपुर्तीलाई मध्यनजर गर्दै सो रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।

सो रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र बिरगंजका मनिष साह,लिलाधर साहको प्राविधिक सहयोगले सम्पन्न भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM