
अभिलाष गुप्ता
चैत २२ बिरगंज
जीवनज्योती विद्यालयमा अध्यनरत युकेजीका विद्यार्थीहरूको दीक्षान्त समारोह कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। शुक्रबार स्कूलको आफ्नै प्रङनमा विशेष कार्यक्रम गरी विद्यार्थीहरूको दीक्षान्त समारोह सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथी बिरगंज महानगरपालिकाको नगर प्रमुख मेयर राजेशमान सिंह को आतिथ्यमा सम्पन्न भएको थियोे भने विशिष्ट अतिथीमा जीवनज्योती विद्यालयका संचालक शिव गुप्ता,प्याब्सन पर्साका पुर्व अध्यक्ष आलोक चौरसिया,प्याब्सन पर्साका उपाध्यक्ष शर्मा नन्द पल्लबी हर्लालका,अनामिका पुजारीलगाएतका विशिष्ट ब्यक्तीहरुको उपस्थिति रहेको थियोे।
प्रमुख अतिथी,विशिष्ट अतिथी एवं प्रधानाध्यापिका द्वारा सन्युक्त रुपमा बिरुवामा पानी हाली कार्यक्रमको शुभारम्भ गरेका थिए ।
जीवनज्योती विद्यालयकी सञ्चालिका मिनाक्षी गुप्ताले विद्यार्थीको सफलताले विद्यालयको पहिचान वृद्धि हुनुका साथै यसले थप प्रेरणा दिएको बताउनु भएको थियो।
विद्यार्थीहरुलाई शुभकामना दिँदै विद्यार्थीहरूको खुलेर प्रशंसा गरेकि थिईन । उनले हाम्रा युकेजीका विद्यार्थीहरू एउटा बाल्यकालको महत्वपूर्ण युग पारगरी शिक्षाको क्षेत्रमा आफ्नो जड बलियो बनाएको बताईन । उनले आजको दिन साच्चिकै हाम्रा विद्यार्थी, अभिभावक र शिक्षकहरुको लागि पनि स्मरणीय रहेको बताएकि थिईन ।
गुप्ताका भनाई अनुसार हामीले पिजी देखि लिएर युकेजीका विद्यार्थीहरुलाई शिक्षाको साथ साथै अनुशासन, मनोरञ्जन, खेलकुद, स्वास्थ्य र उनीहरूको रुचिको विषयलाई समेत धन्यानमा राखेर अघि बढेको बताईन । साना विद्यार्थीहरु पढाइमा अब्बलको साथ साथै अतिरिक्त क्रियाकलापहरुमा समेत धेरै राम्रा रहेको बताईन उनले भनिन स्कूल विद्यार्थीहरूको दोस्रो घर रहेको बताउँदै यस जीवनज्योतीको घरमा हाम्रा विद्यार्थीहरु सुरक्षित रहेको बताएकि थिईन। उनले भनिन जुन हिसाबले हाम्रा विद्यार्थीहरु अगाडि बढ्दै छन यो आउने दिनमा हाम्रा लागि ठुुलो उपलब्धि हासिल हुने बताएकि थिईन।उक्त कार्यक्रम संचारकर्मी उज्जवल घिमिरेले गरेका थिए।









