
अर्जुन चौधरी
चैत २२ बिरगंज
आज भएको दोस्रो वडा अध्यक्ष भलिबल प्रतियोगिता को उद्घाटन सत्र सम्पन्न भएको छ ।
जीतपुर सिमरा १३ वडा कार्यालय को खेल मैदान मा दोस्रो वडा अध्यक्ष भलिबल प्रतियोगिता को उद्घाटन समारोह सम्पन्न भएको छ ।
प्रमुख अतिथि मा जीतपुर सिमरा वडा १३ वडा अध्यक्ष श्री हेमनारायण चौधरी तथा विशिष्ट अथिति मा जीतपुर सिमरा १४ वडा अध्यक्ष श्री चैन गुरुङ र जीतपुर सिमरा १२ का वडा अध्यक्षश्री श्याम बाबु खा थारु विशेष सहभागिता थियो ।
उद्घाटन सत्र लाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा नं १३ का वडा अध्यक्ष श्री हेमनारायण चौधरी ले मानव विकासका लागि खेलकुदको विकास हुन अति आवश्ययक छ र खेल देशको प्रतिष्ठासँग जोडिएको क्षेत्र हो ।त्यसैले यो प्रतियोगिता सञ्चालनमा आएको हो भन्नुभयो ।
पहिलो खेल देऊर्वना पर्सा र थस्कौल बारा बीच भएको थियो र सो खेल मा थासकौल विजयी भएको थियो त्यसै गरी
दोस्रो खेलमा आयोजक डुमरवाना विकास मञ्च लाई पराजित गर्दै छहारी युवा सेवा समाज हेटौडा विजयी भएको थियो ।
तेस्रो खेल निप्टा क्लब निवुवाटार र धनुषा भलिबल टिम भएको थियो र यो खेल समय अवधि लाइट अफ भएर स्थगित भएको थियो ।
आयोजक डुमरवाना विकास मञ्च ले भोलि यही प्रतियोगिता ८ बजे देखि हुने जानकारी दिनु भएको छ ।









