अभिलाष गुप्ता
चैत २३ बिरगंज
जिल्ला बारा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. २१ स्थितमा पल्सर मोटरसाईकलमा लागू औषध चरेस सहित आइरहेको भन्ने बिशेष सुचनाको अधारमा इलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट प्र.ब.ना.नि. टेक बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले हेटौडाबाट वीरगंज तर्फ जाँदै गरेको बा ४८ प ९३३ नम्बरको मोटरसाईक लाई फ्लोअप गर्दै नियन्त्रणमा लिई चेकजाँच गर्दा सिटमुनी लुकाई छिपाई राखिएको लागु औषध चरेस जस्तो देखिने पदार्थको पोका फेला परेको थियोे।
उक्त लागु औषध चरेस जस्तो देखिने पदार्थ नेपाल सरकार द्धारा मन्यात प्राप्त डिजिटल तराजुमा प्लाष्टिक सहित तौल गर्दा ११.६८ किलो ग्राम रहेकोले लागु औषध चरेस जस्तो देखिने पदार्थ, मोटरसाईकल र जिल्ला मकवानपुर, थाहा नगरपालिका वडा नं. ०६ ब्रर्जबारे बस्ने वर्ष ३८ को दशरथ थिङलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहीको प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ।









