लालबाबु सिंह
चैत्र २४ वीरगन्ज
रामनवमी पर्वको अवसरमा बिगत ६ वर्ष देखि आयोअन हुँदै आएको मा अन्नपुर्णा निशुल्क भोजन शिविर बिशेष आयोजनाको साथ सुसम्पन्न भएको छ । दाताहरुको शहर वीरगन्जको ६ नम्बर गेट छेउमा प्रत्येक महिनाको अन्तिम शनिबार आयोजित हुने ” मा अन्नपुर्णा निशुल्क भोजन शिविर ” कार्यक्रम चैत्र महिनाको अन्तिम शनिबार को सट्टा आज २४ गते आइतबार रामनवमी को दिन बिशेष पुजा गरि प्रसाद वितरण को साथ निशुल्क भोजन खुवाएर सभ्य एवं भव्य रुपले आयोजना सम्पन्न गरेको छ । आजको निशुल्क भोजनमा खिर पुरी , तरकारी, जिलेबी,भुटेको हरियो खुर्सानी लगायत रहेको थियो ।
बिगत ६ बर्ष अघि साथिभाइहरुको ससानो सहयोगले शुरु गरिएको निशुल्क भोजन खुवाउने कार्य बर्तमान समय सम्म जारी रहेको सो निशुल्क भोजन शिविरमा स्थानिय रिक्सा , ठेला, ईरिक्सा चालकहरु, असहाय एवं बिपन्नहरुको साथै बाहिर बाट आउने जाने बटुवा पर्यटकहरुलाइ निशुल्क भोजन खुवाउने गरेको र आज करिब ३५० जनालाई सेवा प्रदान गरेको समितिका कोषाध्यक्ष लोकनाथ टिबडेवालले बताउनु भयो ।
आजको निशुल्क भोजन कार्यक्रममा अध्यक्ष हरेन्द्र कुर्मी,पवन शर्मा, हुकुम सिंह राजपुत, डा. हरेराम ठाकुर , श्री नारायण यादव,सियाराम ठाकुर,लालबाबु सिंह,रामबाबु सिंह राजपुत ,अशोक श्रेष्ठ ,सकल पडित ,रियान्स सिंह लगायतले सेवा गरेका थिए ।
























