२०८२ फाल्गुन २१ गते बिहीबार

सशस्त्र प्रहरी बल द्वारा सुनको गरगहना सहित मानिस पक्राउ

 

अभिलाष गुप्ता
चैत २५ बिरगंज

जिल्ला पर्सा, वीरगञ्ज म.न.पा.वडा नं.-१६, वीरगञ्ज भन्सार कार्यालयको परिसर बाहिर त्रिभुवन राजपथ सडकखण्डमा जिल्ला भक्तपुर, ठिमी न.पा., वडा नं.-१, लोकन्थलीमा सगरमाथा खोटाङ्ग सुनचाँदी पसल संचालन गर्ने भक्त गदाल वि.क. र जिल्ला काठमाण्डौ, काठमाण्डौ म.न.पा., वडा नं.३२, नरेफाँटमा ओमशान्ति ज्वेलर्स संचालन गर्ने श्रवण घिमिरेले ग्राहकको अर्डर अनुसार जिल्ला काठमाण्डौ, काठमाण्डौ म.न.पा., वडा नं.३२, जडिवुटीमा सुन बनाउने कारखाना संचालन गर्ने देश भारत, पश्चिम बङ्गाल प्रान्त, जिल्ला हुगली, नन्दपुर बस्ने बटु रंग र निजको पसलमा काम गर्ने निम्न व्यक्तिहरु मिलेर अर्डरमा आएको ग्राहकका सुन लिई भागेको सूचनाको आधारमा यस गुल्मवाट खटिएको स.प्र.ब.ह. गंग बहादुर वि.क.को चेक प्वाइन्ट ड्युटी टोलीले नेपालबाट भारतर्फ जाने सवारी साधन र व्यक्तिहरु निगरानी गर्ने क्रममा निम्न परिमाणमा सुनको तयारी गरगहना, सुनको टुक्राहरु र चाँदीको मूर्ती सहित फेला परेको हुँदा निज व्यक्तिहरुलाई नियन्त्रणमा लिई प्रहरी चौकी ईनरुवामा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि पठाइएको ।

पक्राउ पर्नेमा भारतपश्चिम बङ्गाल प्रान्त जिल्ला पश्चिम मेदिनीपुर स्थित किशोरनगर बस्ने अन्दाजी वर्ष ३५ को सौमेन गुचैट अर्का ब्यक्ती भारत पश्चिम बङ्गाल प्रान्त, जिल्ला पश्चिम मेदिनीपुर, जोतेकानुरामगढ़ वस्ने अन्दाजी वर्ष २५ को अमित दास रहेका छन।

उनिहरु बाट सुनको गरगहना झुम्का २ सेट अन्दाजी ८२ लाल,
रिङ्ग १ सेट अन्दाजी ३० लाल,सिक्री लकेट १ थान अन्दाजी ३० लाल,सुनको गणेश लक्ष्मी मूर्ती अङ्गित लकेट १ थान अन्दाजी ४ लाल,सुनका टुक्राहरु अन्दाजी १ तोला गरी जम्मा अन्दाजी २ तोला ६६ लाल एवं चाँदीको लक्ष्मीको मूर्ती अन्दाजी २ तोला रहेको सशस्त्रका डिएसपी लोकेन्द्र सुब्बाले जानकारी गराएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM