अभिलाष गुप्ता ।
टाटा मोटर्सले ओम बिनायक ट्राभल्सका संचालक अच्युत पौडेललाई सम्मानित गरेको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गरि पौडेललाई सम्मानित गरिएको हो ।
बिगत ५ दशकदेखि बस व्यवसाय गर्दै आएको ओम बिनायक ट्राभल्सले शुक्रबार थप दुई वटा नयाँ बस संचालनमा ल्याएको छ । कलैया वीरगंज हुँदै काठमाडौं र वीरगंज नारायणघाट रुटमा बस संचालन गर्दै आएको ओम बिनायकले टाटा कम्पनीको एलपिओ १५१५र५५ बिएस ४ ब्राण्डको आधुनिक सुबिधा सम्पन्न दुई वटा बस संचालनमा ल्याएको हो । वीरगंज बहुअरी स्थित सिप्रदी प्रा।लि। मा एक बिशेष समारोहकाबीच उक्त नयाँ बसको शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा बारा क्षेत्र नम्बर १ का सांसद एवं एमालेका पोलिटव्यूरो सदस्य अच्युत मैनाली, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, ट्राफिक कार्यालय मधेश प्रदेश पथलैयाका ट्राफिक प्रहरी उपरीक्षक भिमकिरण बोगटी, पर्साका एसपी गौतम मिश्र, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ लगायतका अतिथीले ब्यालुन उडाएर बसको शुभारम्भ गरेका थिए ।
ओम बिनायक ट्राभल्सका संचालक अच्युत पौडेलले मधेश प्रदेशबाट संचालन हुने बसहरु मध्ये सबै भन्दा आरामदायिक बस भएको दाबी गरे । यात्रुको सुरक्षालाई मध्यनजर गर्दै सम्पुर्ण सुबिधाहरु बसमा समावेश गरिएको बताए । ३५ सिट क्षमता भएको सो बसमा २ बाई २ मोटराईज सिट, युएसवी चार्जर, सिट बेल्ट, रिडिगं लाईट, कप होल्टर,आमरेष्ट, प्लेन जस्तै समान राख्ने डिकि, सेन्ट्रलाईज एसी, एलईडी लगायतको सुबिधा बसमा जडान गरिएको पौडेलले जानकारी गराए ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, सिप्रदीका सहायक महाप्रबन्धक कृष्णा चन्द लगायतकाले धारणा राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा संयोजक केसी लामिछाने, महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, बारा अध्यक्ष रमेश सुवेदी लगायतका संचारकर्मीहरुको उपस्थिती रहेको थियो।









