२०८३ बैशाख १९ गते शनिबार

गौतम स्कुल द्वारा ट्राफिक सम्बन्धि सचेतनामूलक एवं प्रशिक्षण कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता
बैशाख ०७ बिरगंज

 

गौतम स्कुल द्वारा ट्राफिक सम्बन्धि सचेतनामूलक एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नं.१४ स्थित श्री गौतम सेकेन्डरी स्कुलमा आइतबारको दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका ट्राफिक प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक गुननिधि खकुरेल द्वारा पर्सा प्याब्सनमा आबद्ध सम्पुर्ण सवारी चालक एवं सहचालकहरुलाई ट्राफिक सम्बन्धि सचेतनामूलक एवं प्रशिक्षण गराईएको थियोे।

नया कक्षा सन्चालन हुनु अगाडीनै पर्सा जिल्लाका प्याब्सनमा आबद्ध सम्पुर्ण सवारी चालक एवं सहचालकहरुलाई उक्त प्रशिक्षण दिईएको थियोे।सो कार्यक्रम वीरगंजको गौतम सेकेन्डरी स्कुलका सभाहलमा सम्पन्न भएको थियो। सो कार्यक्रमका प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका ट्राफिक प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक गुननिधि खकुरेलको आतिथ्यमा सम्पन्न भएको थियो।

सो कार्यक्रमको अध्यक्षता गौतम सेकेन्डरी स्कुलका संचालक सोनम लामाले गर्नु भएको थियो भने कार्यक्रममा ट्राफिक सम्बन्धि प्रयोग एवम् चालकले अपनाउनु पर्ने सावधानी बारेमा खुलेर चालक एवं खलासीहरु लाई बुझाउनुको साथै प्रशिक्षण समेत दिईएको थियो।

सबै चालक एवं सहचालकहरुले गौतम स्कुलका संचालक सोनम लामाले यस्तो कार्यक्रमको आयोजना गरिदिएकोमा खुलेर प्रसंशा एवं धन्यवाद समेत व्यक्त गरेका थिए।

उक्त कार्यक्रममा बिकन स्कुल,गुरुकुल एकेडेमी,एस आर गालेक्सी,साउथ जोन,ज्ञनदा एकेडेमी, मनकामना स्कुल, रोयाल एकेडेमी, लिटिल बडि स्कुल लगाएतका बिधालयहरु एवं सोही बिद्यालयका प्रधानाध्यापक,शिक्षकहरु गरि पर्सामा आबद्ध ८० जनाहरु पर्सा प्याब्सनमा आबद्ध चालक एवं सहचालकहरु प्रशिक्षण लिएका थिए।कुल ८० जनाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे उक्त कार्यक्रममा चालक सहचालक तथा विभिन्न स्कुलका प्रतिनिधि एवं शिक्षक लगायतकाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।ट्राफिक प्रहरी हवल्दार राजकुमार गोलेको पनि सहभागिता रहेको थियोे।आजको कार्यक्रम संचालन शिक्षक सौराज प्रधानले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM