२०८२ फाल्गुन १९ गते मंगलवार

प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार पाचौं दिन बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता
जेष्ठ २२ बिरगंज

प्रकृति सेवा प्रतिष्ठान नेपालले श्री शारदा मा. वि. को सहकार्यमा वातावरण दिवस २०८२ को अवसरमा आयोजित ५ दिने कार्यक्रम अन्तर्गत पाचौ एवं मुख्य दिन बिहिबार वीरगन्ज -२४ बहुअरी मा अवस्थित श्री शारदा माध्यमिक विद्यालयको प्राङ्गणमा बृहत वृक्षारोपण कार्यक्रम आयोजन सुसम्पन्न गरेको छ ।

प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंह एवं श्री शारदा विद्यालयका प्रधानाध्यापक अनिल बर्णवालको सन्युक्त अध्यक्षता एवं युवा नेता समाजसेवी प्रकाश कुमार उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा अतिथिहरु विधालय ब्यवस्थापन समितिका सदस्य हदिस मिया , प्रतिष्ठानका सदस्य भोला प्रसाद , केदार गुप्ता , राजु गुप्ता लगायत विद्यालयका शिक्षकहरु र विद्यार्थीहरुको बाक्लो सहभागितामा रहेको थियो ।


सो कार्यक्रमको प्रमुख अतिथी उपाध्याय ,अध्यक्ष सिंह र प्रधानाध्यापक बर्णवालले सन्युक्त रुपमा रुखबिरुवा रोपेर शुभारम्भ गरेका हुन । सो अवसरमा निम,बेल,अमला,अर्जुन, गोल्डमोहर, आम ,लिची,जामुन,धुपी,बेगन बेलिया,रजनिगन्धा,बेलि,रन्जन, कठरिया लगायत ७५ थान रुखबिरुवा रोपिएको प्रतिष्ठानका सहसचिव अबिनाश झाले बताए ।

सो अवसरमा प्रमुख अतिथी उपाध्यायले बातावरणले हामीलाइ स्वस्थ रहन हावा पानी ,अन्न फलफुल , बनस्पति , जडिबुटी लगायतका जिवनदायिनी सामाग्रीहरु निःशुल्क उपलब्ध गराएर हामिमाथि भुल्नै नसकिने उपकार गरेकोमा यसको मान सम्मान सेवा, संरक्षण एवं सम्बर्द्धन गर्नु हाम्रो दायित्व रहेकोमा जोड दिदैं विद्यार्थी भाइबहिनिहरु देश अब तपाइहरुले नै चलाउने बनाउने हुदा जिवनदायिनी वातावरणलाइ सम्मान गर्न आग्रह गर्दै उज्ज्वल भविष्यको शुभकामना दिदैं प्रकृति सेवा प्रतिष्ठान र श्री शारदा विद्यालय परिवारलाइ आभार एवं सम्पुर्णलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।

वातावरण दिवसको अवसरमा ५ दिने कार्यक्रम लगायत वर्ष भरिनै विभिन्न स्थानहरुमा वृक्षारोपण को साथै विभिन्न कार्यक्रम मार्फत सचेतना कार्यक्रमको आयोजना गरि जनजागृती फैलाएर वातावरणको सेवा सम्मान एवं संरक्षण गर्न आग्रह गरेको बताउँदै सहभागी सम्पुर्ण विद्यार्थीहरु, प्रधानाध्यापक , शिक्षकहरु एवं प्रतिष्ठानका पदाधिकारी सदस्यजन प्रति सिंहले आभार ब्यक्त गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM