हालै जेन एन्ड जेड आन्दोलनका क्रममा आन्दोलनकारीहरूले तोडफोड गरी क्षति पुरयाइएको बिरगञ्ज गण्डक प्रहरी चौकीलाई सञ्चालनमा ल्याउन आवश्यक सामग्री सहयोग गरिएको छ।
यो सहयोग उत्कर्ष नेपाल, उपकार सेवा नेपाल र वीरगञ्ज पब्लिक कलेज (BPC) को संयुक्त पहलमा सम्भव भएको हो।
प्रहरी चौकीलाई दैनिक कार्यालय सञ्चालन सहज बनाउन र सेवाप्रवाहलाई निरन्तरता दिनका लागि कुर्सी, टेबुल, चालाकल, पानी तान्ने इलेक्ट्रिक मोटर, बेडसिट, डसना, तकिया, खाना पकाउने भाँडाकुडा लगायतका सामग्री प्रदान गरिएको हो।
उक्त योगदानमार्फत प्रहरी चौकीलाई पुनः सेवा सञ्चालन गर्न मद्दत पुगेको छ। यसले कानून-व्यवस्था सामान्य अवस्थामा फर्काउन र प्रहरीलाई जिम्मेवारीपूर्वक कर्तव्य निर्वाह गर्न थप सहज हुने अपेक्षा गरिएको छ।
सहयोग कार्यक्रमका क्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, सदस्य सुमन बगेडिया, संरक्षक पद्मा देवी सरावगी, बीपीसी कलेजका दीपक शाक्य साथै उत्कर्ष नेपालको सम्पूर्ण टिम उपस्थित रहेका थिए।
स्थानीय सुरक्षासम्बन्धी चुनौतीबीच तीन संस्थाले अग्रसर भएर गरेको यो योगदानले प्रहरी–समुदाय सहकार्यलाई थप मजबुत बनाएको उपस्थितहरूले बताएका छन्।









