२०८२ चैत्र ५ गते बिहीबार

सेवा पखवाड़ा अन्तर्गत छठिया घाटमा सरसफाई अभियान पर्यावरण स्वच्छ राख्न निरन्तर चल्नेछ सरसफाई अभियान

 

पार्वती तिवारी
रक्सौल, बिहार

प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनलाई भाजपा केन्द्रीय नेतृत्वले सेवा पखवाड़ा भनेर मनाइरहेको छ। भाजपा की वरिष्ठ नेतृ तथा रक्सौल सङ्गठनात्मक जिल्ला महिला मोर्चाकी महामन्त्री पार्वती तिवारीले भन्नुभयो कि सेवा पखवाड़ा अन्तर्गत भाजपा कार्यकर्ताले आफ्नो जननेता, देशका यशस्वी प्रधानमन्त्री नरेन्द्र मोदीलाई उहाँको जन्मदिनमा सेवा पखवाड़ा स्वरूप पर्यावरण स्वच्छता र सफाई अभियान सञ्चालन गरेर शुभकामना प्रकट गरिरहेका छन्।

आज सेवा पखवाड़ा अन्तर्गत छठिया घाट, आश्रम रोड, रक्सौलमा सफाई अभियान चलाइएको थियो जसमा प्रदेश कार्यकारिणी सदस्य महिला मोर्चाकी सदस्य ज्योति राज गुप्ताको पनि विशेष उपस्थिती रही। नवरात्रिको समयमा जहाँ मठ–मन्दिरमा हजारौंको संख्यामा भक्तजन पूजा–अर्चना गर्न आउँछन्, त्यहाँ भक्तजनलाई कुनै असुविधा नहोस् भन्ने उद्देश्यले सेवा पखवाड़ा अन्तर्गत स्वच्छता र सफाई अभियान गरिएको हो।

यस कार्यक्रममा अनुराधा शर्मा, सङ्गीता मिश्र, पूजा गुप्ता, रुचि गुप्ता, प्रतिमा देवी, नीता गुप्ता, रीता गुप्ता, अमृता शर्मा लगायत महिला मोर्चाका पदाधिकारी तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM