लायन्स वर्ल्ड सर्भिस डेको अवसरमा वीरगञ्जका विभिन्न लायन्स क्लबहरूले संयुक्त रुपमा सामाजिक सेवा कार्यक्रम सञ्चालन गरेका छन्। कार्यक्रमअन्तर्गत वीरगञ्ज बिर्तास्थित त्रिजुद्ध स्कुल परिसरमा रहेका ‘आईज नेपाल’ संस्थाका बालबालिकाहरुलाई अध्ययनमा सहज होस् भन्ने उद्देश्यका साथ पेनड्राइभ, जुस तथा खाद्यान्न सामग्रीहरू वितरण गरिएको थियो।
कार्यक्रमको अध्यक्षता लायन पिन्की साह ले गरेकी थिइन्। कार्यक्रममा लायन राम बिहारी पाण्डे, लायन उमेश साह कानु, लायन विजय कुश्वाहा, लायन सलमा खातुन,आईज नेपालकी रुपशिला जैसवाल लगायतका लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका वक्ताहरूले लायन्स क्लबले समाजसेवामा निरन्तर योगदान पुर्याउँदै आएको र विशेष गरी शिक्षाका माध्यमबाट भविष्यको उज्यालो निर्माणमा सहयोग पुर्याउने अभियानमा क्लब सदैव प्रतिबद्ध रहने बताएका थिए।
उक्त अवसरमा बालबालिकाहरूले पनि आफ्ना अनुभव बाँड्दै वितरण कार्यक्रमप्रति खुशी व्यक्त गरेका थिए।









