२०८२ चैत्र ५ गते बिहीबार

रक्सौलमा हेवेल्स इन्डिया लिमिटेडको नयाँ आउटलेट (डिस्ट्रिब्युटर) ‘गणपति इन्टरप्राइजेज’ शोरूमको भव्य उद्घाटन

 

रक्सौल, पूर्वी चम्पारण।
बुधवारका दिन शहरको बैंक रोडस्थित जिन्स पार्क गल्लीमा, पतञ्जलि बिक्री केन्द्रको अगाडि, हेवेल्स इन्डिया लिमिटेडको नयाँ डिस्ट्रीब्युटर ‘गणपति इन्टरप्राइजेज’ शोरूमको भव्य उद्घाटन सम्पन्न भयो।

वैदिक मन्त्रोच्चारणका बीच शोरूमका प्रोप्राइटर कुणाल कश्यपका पिता बलिराम प्रसाद, लायन्स क्लब अफ रक्सौलका अध्यक्ष लायन बिमल कुमार सर्राफ, सचिव लायन मोहम्मद निजामुद्दीन, बिमल रुंगटा, तथा हेवेल्स इन्डिया, पटना कार्यालयबाट आएका पदाधिकारी सूरज प्रकाश, रूपेश आनन्द र अनुपम शर्माले संयुक्त रूपमा दीप प्रज्वलन र केक काटी शोरूमको औपचारिक उद्घाटन गरेका हुन्।

हेवेल्स इन्डिया लिमिटेड, पटनाका डिप्टी म्यानेजर रूपेश आनन्दले जानकारी दिँदै भने — “हेवेल्स इन्डिया लिमिटेड एक भारतीय बहुराष्ट्रिय विद्युत उपकरण कम्पनी हो, जसले औद्योगिक र उपभोक्ता प्रयोजनका लागि पङ्खा, बत्ती, स्विच, केबल तथा अन्य विद्युत उपकरणहरूको डिजाइन, निर्माण र बिक्री गर्दछ।”

रक्सौलमा उद्घाटन गरिएको यस नयाँ आउटलेटले रक्सौल, आदापुर, भेलाही र सिकटा क्षेत्रको वितरण अधिकार (डिस्ट्रीब्युसनसिप) पाएको छ। यसबाट अब ती क्षेत्रका खुद्रा व्यवसायीहरूलाई हैवेल्सका विद्युत सामग्रीका लागि अन्यत्र जानु नपर्ने भएको छ। साथै, उपभोक्ताहरूले पनि गुणस्तरीय र मौलिक (ओरिजिनल) उत्पाद सहजै यहीँबाट प्राप्त गर्न सक्नेछन्।

यस अवसरमा उपस्थित लायन्स क्लब अफ रक्सौलका अध्यक्ष लायन बिमल कुमार सर्राफ, बिमल रुंगटा र लायन मोहम्मद निजामुद्दीनले गणपति इन्टरप्राइजेजका प्रोप्राइटर कुणाल कश्यपलाई हैवेल्स इन्डियाको चार प्रखंडको डिस्ट्रीब्युसनसिप पाएकोमा बधाई ज्ञापन गर्दै भने — “शहरको मध्यभागमा खुलेको यो नयाँ आउटलेट ग्राहकहरूको विश्वास जित्दै निरन्तर प्रगतिको बाटोमा अघि बढोस्।”

कार्यक्रममा कुणाल कश्यपले उपस्थित सबै अतिथिहरूप्रति आभार व्यक्त गर्दै उद्घाटन समारोहलाई सफल बनाइदिएकोमा धन्यवाद दिएका थिए।

मौकामा नवीन कुमार सिंह, विनोद पाण्डेय, नागेन्द्र शर्मा, अनिल कुमार गुप्ता, पप्पु गिरि, अभय, तथा आकाश लगायत नगरका प्रतिष्ठित नागरिकहरूको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM