जेन्जी शहीदहरूको सम्झनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) पर्साले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ। आज साँझ वीरगंजको घण्टाघरमा मैनबत्ती बाल्दै मौनधारण गरी श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो।
रास्वापा पर्साका सभापति हरी पन्तले गत भाद्र २३ गते जेन्जी पुस्ताका युवाहरूले ४८ घण्टामा गरेको अर्थपूर्ण राजनीतिक हस्तक्षेपलाई तत्कालीन सरकारले बर्बर र निर्मम दमन गरेको स्मरण गर्दै वीर जेन्जी युवाहरूको बलिदानलाई नबिर्सने प्रतिवद्धता जनाए। उनले ती निर्दोष युवाहरूको हत्यामा संलग्नहरूलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरे।
श्रद्धाञ्जली सभामा रास्वापाका केन्द्रीय सदस्य नन्दन यादव, क्षेत्रीय सभापति जितेन्द्र मिश्रा, राम आर्या, चन्दन यादव, कृष्णा पासवान, दिपराज पटेल, दिलीप कुर्मी लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
Post Views: 199









