२०८२ चैत्र ५ गते बिहीबार

छठको बिदा बढाउन सरकारसँग माग

 

लोकपर्व छठको अवसरमा सरकारले परम्परागत रूपमा दिँदै आएको एक दिने सार्वजनिक बिदा पुनर्विचार गर्न माग गरिएको छ।
मधेसी अधिकृत समाज नेपालका अध्यक्ष भूदेव झाले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई बिदा अवधि विस्तार गर्न आग्रह गरेका हुन्।

समाजले चार दिनसम्म कठोर विधि र ३६ घण्टासम्म निर्जल व्रत बसेर मनाइने यो महापर्वका लागि एक दिनको मात्र बिदा अपर्याप्त भएको जनाएको छ। सङ्घीय सरकारले मुख्य दिनमा मात्र बिदा दिने प्रचलन कायम राखे पनि समाजले पूरा चार दिनको बिदा दिनुपर्ने माग गरेको हो।

अध्यक्ष झाका अनुसार, सीमित बिदाका कारण व्रतालु, विद्यार्थी र कर्मचारीहरूलाई गम्भीर असुविधा भएको छ। छठ पर्व धार्मिक आस्था, कठोर अनुशासन र सामाजिक एकताको प्रतीक भएकाले यसको बिदा सीमित गर्नु धार्मिक आस्थामा अनादरजस्तै भएको उनको भनाइ छ।

समाजले सरकारको यो निर्णयले सांस्कृतिक समावेशिताको मर्ममाथि प्रश्न उठाएको भन्दै, छठ पर्वको सम्पूर्ण अवधिलाई ध्यानमा राखी बिदा अवधि बढाउन माग गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM