घडिअर्वा स्पोर्ट्स क्लब वीरगंजद्वारा २३औं रक्तदान कार्यक्रम सम्पन्न
अभिलाष गुप्ता
वीरगंज ०८ कार्तिक
नेपालीहरूको महान पर्व छठ पूजाको अवसरमा घडिअर्वा स्पोर्ट्स क्लब वीरगंजले आफ्नो २३औं रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा वीरगंज महानगरपालिका–१० का वडा अध्यक्ष सुशिल कुमार कानु रहेका थिए।
त्यसैगरी अतिथिको रूपमा घडिअर्वा छठ पूजा व्यवस्थापन समिति वीरगंजका अध्यक्ष राकेश कुमार साहको पनि उपस्थिति रहेको थियोे।
कार्यक्रमका अध्यक्षता घडिअर्वा स्पोर्ट्स क्लब, वीरगंजका अध्यक्ष सन्तोष कुमार साहको अध्यक्षतामा सम्पन्न भएको थियोे।
उक्त रक्तदान कार्यक्रममा २ महिला सहित ६२ जनाले रक्तदान गरेका थिए।रक्तदान गर्नेहरूमा सुशील साह कानु,राकेश साह,प्रभाकर गुप्ता, प्रदीप कुमार गुप्ता, राहुल साह कानु, दिपेश कुमार कर्ण, हरिशंकर साह, बिरेन्द्र कुशवाहा, बिरेन्द्र साह कानु, जितेन्द्र सिंह, रञ्जित कुमार सर्राफ, लालबाबु प्रसाद कुशवाहा, नरेंद्र प्रताप साह, मुकेश कुमार साह, दिनेश पासवान, राकेश पटेल लगायतका व्यक्तिहरूले आफ्नो अमूल्य रक्तदान गरेका थिए।कार्यक्रममा रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डे र उनको टिमले प्राविधिक सहयोग प्रदान गरेको थियो।
त्यस अवसरमा नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाका सभापति बृजकिशोर पटेल,मन्त्री विनोदजीको कार्यालय प्रमुख बिरसम्शेर कुर्मी,
र नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका प्रतिनिधि लालबाबु सिंह, अभिलाष गुप्ता लगायतको विशेष उपस्थिति रहेको थियो।
रक्तदान कार्यक्रममा सहभागी स्वयंसेवकहरूलाई धन्यवाद दिंदै क्लबका अध्यक्ष सन्तोष कुमार साहले भने हाम्रो क्लबले विगत दुई दशकदेखि सामाजिक सेवा र मानव हितका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। छठ पर्वजस्तो पवित्र अवसरमा रक्तदान गर्नु सबैभन्दा ठूलो पुनीत कार्य हो।
घडिअर्वा स्पोर्ट्स क्लबले यसअघि पनि विभिन्न सामाजिक, खेलकुद र स्वास्थ्यसम्बन्धी अभियानहरू सञ्चालन गर्दै आएको छ।
यसपटकको रक्तदान कार्यक्रमलाई स्थानीय युवाहरू, स्वयंसेवक र संस्थाहरूले उत्साहपूर्वक सहयोग गरेका थिए।









