२०८२ चैत्र ५ गते बिहीबार

मेयर राजेशमान सिंहको विशेष उपस्थितिमा ‘हरियो, स्वच्छ र आकर्षक सहर’ अभियान दोस्रो दिन पनि जारी

 

बीरगंज महानगरपालिका कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वाटर वीरगंज र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा सञ्चालन भइरहेको “हरियो, स्वच्छ र आकर्षक बीरगंज” अभियान दोस्रो दिन पनि निरन्तर रूपमा सञ्चालन गरिएको छ।

बीरगंज महानगरपालिका–१६ मितेरी पुल क्षेत्रबाट सुरु गरिएको यस अभियानको दोस्रो दिन विशेष उपस्थिति नगर प्रमुख मेयर राजेशमान सिंहको रहेको थियो।

अभियानको उद्देश्य बीरगंजलाई हरियालीयुक्त, प्रदूषणमुक्त र पर्यटनमैत्री सहरको रूपमा विकास गर्नु रहेको आयोजकले बताएका छन्।

कार्यक्रममा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका एसपी पुरनचन्द्र भट्ट, बीरगंज भन्सार कार्यालयका डिएसपी पुरुषोत्तम भण्डारी, सशस्त्र प्रहरी बलका जवानहरू, नगर प्रहरी, महानगरपालिकाका पदाधिकारीहरू, सामुदायिक प्रहरीका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

सो अवसरमा महानगरपालिकाको डोजर प्रयोग गरी मितेरी पुल आसपासको क्षेत्रमा बृहत सरसफाइ कार्य सञ्चालन गरिएको थियो। फोहोर व्यवस्थापन, सडक छेउका झाडी हटाउने तथा हरियाली विस्तारका कार्यहरू पनि सम्पन्न गरिए।

मेयर राजेशमान सिंहले सरसफाइ र सौन्दर्यकरण कार्यपछि सो क्षेत्रलाई पार्कको रूपमा विकास गर्ने योजना रहेको बताए। उनले निकट भविष्यमा सो पार्कको व्यवस्थापन र संरक्षणको जिम्मा सशस्त्र प्रहरीलाई दिइने जानकारी समेत दिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM