२०८२ फाल्गुन १९ गते मंगलवार

ग्रिनसिटी आदर्शनगर चोकमा ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न

 

ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त पहलमा आज बिहान बीरगंज–१० स्थित ग्रिनसिटी चोकमा ट्राफिक नियम पालनासम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

प्रहरी चौकी आदर्शनगरका प्रहरी नायव निरीक्षक मानबहादुर खड्काको कमाण्डमा खटिएको ४ जनाको प्रहरी टोलीले बिहान ९ बजेबाट ११ बजेसम्म सडकमा उपस्थित पैदलयात्री तथा सवारीचालकलाई ट्राफिक सुरक्षा सम्बन्धी विविध सूचना र निर्देशन प्रदान गर्‍यो।

कार्यक्रमका दौरान करिब ५०–६० जना नागरिकलाई जेब्रा क्रसिङको प्रयोग, हेलमेटको क्लिप अनिवार्य रूपमा बाध्ने, सीटबेल्ट अनिवार्य प्रयोग गर्ने लगायतका महत्वपूर्ण ट्राफिक नियमहरूबारे जानकारी गराइयो। प्रहरी टोलीले जिङ्गल बजाउँदै तथा प्रत्यक्ष सडकमार्गमै भेटघाट गर्दै आवश्यक सुझावसमेत प्रदान गरेको थियो।

सामुदायिक प्रहरी सेवा केन्द्र ग्रिनसिटीका इञ्चार्ज कुमार बी.के. का अनुसार, दुर्घटना न्युनिकरण तथा सुरक्षित सडक संस्कृति निर्माणका लागि यस किसिमका कार्यक्रमहरू निरन्तरता दिइनेछ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM