२०८२ फाल्गुन १९ गते मंगलवार

विभिन्न लायन्स क्लबहरुको संयुक्त आयोजनामा बिरगंजमा इन्टर–कलेज वाद–विवाद प्रतियोगिता सुरू

 

बिरगंजमा लायन्स क्लब बिरगंज परिवार, लायन्स क्लब बिरगंज सेन्ट्रल सिटी, लायन्स क्लब बिरगंज मेट्रो सिटी, लायन्स क्लब बिरगंज फ्रेन्डजोन, लायन्स क्लब बिरगंज कुटुम्ब तथा लायन्स क्लब बिरगंज एक्सिलेन्सको संयुक्त आयोजनामा इन्टर–कलेज वाद–विवाद प्रतियोगिता सुरु भएको छ। बिरगंजका १० वटा कलेजको सहभागितामा हुन लागेको यस प्रतियोगितामा प्रत्येक कलेजबाट एक–एक जना विजेतालाई फाइनल राउन्डका लागि छनोट गरिने जानकारी लायन्स क्लब बिरगंज परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेले दिनुभयो।

प्रतियोगिताको छनोट चरण अन्तर्गत आज ग्लोबल बिजनेस कलेजमा “सामाजिक सञ्जाल – उपयुक्त कि जञ्जाल?” विषयमा वाद–विवाद प्रतियोगिता सम्पन्न भयो। प्रतियोगितामा सहभागी ४ जना महिला तथा ४ जना पुरुष विद्यार्थीबीच प्रतिस्पर्धा हुँदै महिला समूहबाट अनुस्का बस्नेत र अर्को समूहबाट बिनिता कुमारी विजेता घोषित भए। दुवै समूहबाट एक–एक जनालाई फाइनल राउन्डका लागि छनोट गरिएको छ।

आजको कार्यक्रमको अध्यक्षता लायन्स क्लब बिरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन सुशिला साहले गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक्ट एक्जिक्युटिभ चिफ लायन वासु तिमल्सिना, विशिष्ट अतिथि डिस्ट्रिक्ट एक्जिक्युटिभ–को–चिफ लायन अशोक कुमार बेरिवाल, विशिष्ट अतिथि लायन सन्दीप गुप्ता कानु, लायन्स परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डे, मेट्रो सिटीका अध्यक्ष लायन उमेश गुप्ता, कुटुम्बकी अध्यक्ष लायन रचना प्याकुरेल, फ्रेन्डजोनका अध्यक्ष लायन सर्वन साह, एक्सिलेन्सका जोन चेयरपर्सन लायन मनोज उपाध्याय, मेट्रो सिटीका कोषाध्यक्ष लायन अंकित चौरसिया, कलेजका निर्देशक अशोक सर्राफ, हेड अफ नेपाली शिक्षक सन्दीप राज साह सहित विद्यार्थीहरूको उल्लेख्य उपस्थितिले कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।

आयोजकले प्रतियोगिताको आगामी चरणहरू क्रमशः अन्य कलेजहरूमा सञ्चालन गर्दै अन्तिम फाइनल राउन्डमा १० वटा कलेजका उत्कृष्ट वक्ताहरूबीच प्रतिस्पर्धा गराइने जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM