२०८३ असार १४ गते आईतवार

नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित

 

बिरगंजमा रहेकोे नेशनल मेडिकल कलेज आर्थिक वर्ष २०८१/०८२ मा मधेस प्रदेश मै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरे बापत सम्मानित भएको छ ।

बिहीबार सिंहदरबारमा आयोजित ८औं सामाजिक सुरक्षा दिवसका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले कलेजका अध्यक्ष प्रा.डा. जैनुद्दिन अन्सारीलाई सम्मानपत्र प्रदान गर्दै कलेजलाई सम्मानित गरेका हुन्।

आठ वटा जिल्ला रहेकोे मधेस प्रदेशमा ठूलो उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेबापत नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित भएको नेशनल मेडिकल कलेज वीरगञ्जका प्रेस सल्लाहकार आसिक अंसारीले जानकारी दिए ।

उनका अनुसार, सामाजिक सुरक्षा कोषद्वारा कलेजलाई लगातार दोस्रो पटक सम्मान प्रदान गरिएको हो। यसअघि आर्थिक वर्ष २०८०/८१ मा पनि मधेस प्रदेशमै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरे बापत कलेज सम्मानित भएको थियो।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM