पर्सा क्षेत्र नम्बर -१ वीरगन्ज महानगरपालिका वडा नम्बर -१८ सौरहामा करिब ५० जना युवाहरु जनमत पार्टीमा प्रवेश गरेका छन् । उक्त भेला द्वारा स्थानीय अगुवा अशोक कु. कानुको अध्यक्षतामा बुथ कमिटि र स्थानीय प्रभावशाली युवा अभय शर्माको अध्यक्षतामा बुथ स्तरीय युवा दस्ता गठन गरिएको छ।
कार्यक्रममा पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, जिल्ला सदस्य नागेन्द्र गुप्ता, वीरगन्ज महानगर उपाध्यक्ष निराजन कुशवाहा, युवा दस्ता र जेन्जि जनमत संघका जिल्ला अध्यक्ष मनोज साह, उपाध्यक्ष रोषण पान्डे, युवा दस्ताका महानगर संयोजक अजित सिह, युवा दस्ताका आशु सिह, सुमित सिह मन्जय शर्मा लगायतको उपस्थित रहेको थियो।
भेलालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष सरार्फले भने अबको नेतृत्व युवा पुस्तामा पुस्तातरन हुनु पर्ने र वडा देखि प्रतिनिधि सभा सम्म युवाहरु जनप्रतिनिधि भएर देश र समाजको नेतृत्व लिनु पर्नेमा जोड दिए। जहाँ भ्रस्टाचार ,अनियमितता एवं जनताको काममा हेलचक्रयाई भए त्यहाँ युवा दस्ता २४ औं घन्टा स्वयंसेवकको रुपमा सहयोग गर्न र खबरदारी गर्न तत्पर हुने बताए ।









