२०८२ फाल्गुन १९ गते मंगलवार

वीरगञ्जमा ५५औँ साप्ताहिक सामूहिक श्री हनुमान चालीसा पाठ भव्य रूपमा सम्पन्न

 

सनातन धर्मप्रति गहिरो आस्था राख्ने वीरगञ्जका युवा तथा श्रद्धालु भक्तजनहरूको सक्रिय सहभागितामा वीरगञ्ज महानगरपालिका–७, रेल्वे रोडस्थित पंचमुखी हनुमान मन्दिरमा आज मिति २०८२ साल पौष १ गते मंगलबार ५५औँ साप्ताहिक सामूहिक श्री हनुमान चालीसा पाठ भव्य तथा भक्तिमय वातावरणमा सम्पन्न भएको छ।

प्रत्येक मंगलबार नियमित रूपमा आयोजना हुँदै आएको यस सामूहिक पाठ कार्यक्रममा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा हनुमान चालीसा पाठसँगै भजन–कीर्तन तथा सामूहिक आराधना गरिएको थियो।

यसै क्रममा आगामी २०८२ साल पौष ८ गते मंगलबार ५६औँ साप्ताहिक पाठ सम्पन्न हुने अवसरमा विशेष महाआरतीको आयोजना गरिने कार्यक्रम संयोजक अमर सराफले जानकारी दिएको छ। उक्त महाआरती कार्यक्रममा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई उपस्थित भई धार्मिक लाभ लिन आयोजकले हार्दिक अनुरोध गरेका छन्।

कार्यक्रमले सनातन धर्म, धार्मिक एकता तथा सामाजिक सद्भावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM