२०८२ चैत्र ३ गते मंगलवार

सक्सेस इन्स्टिच्युट द्वारा बिरगञ्जमा लाइसेन्समा उत्तीर्ण विद्यार्थी तथा शिक्षकहरु लाई सम्मान

 

सक्सेस इन्स्टिच्युट बिरगञ्ज–पर्साको आयोजनामा शिक्षक तथा लाइसेन्स परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा आलोक कुमार कर्णको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रशिक्षकहरू प्रमनन्द यादव, अमित कुमार शाह तथा अमर राज सुनवारको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन बृजेश कुमार पटेलले गर्नुभएको थियो।

सम्मान कार्यक्रममा संस्थाबाट अध्ययन गरी विभिन्न लाइसेन्स परीक्षामा सफलता हासिल गरेका तथा शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने ७५ जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। सम्मानित विद्यार्थीहरूलाई प्रमाणपत्र तथा सम्मान–पत्र प्रदान गर्दै उनीहरूको मेहनत, अनुशासन र निरन्तर अभ्यासको प्रशंसा गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आलोक कुमार कर्णले शिक्षा नै सफलता प्राप्त गर्ने सबैभन्दा बलियो आधार भएको उल्लेख गर्नुभयो।

उहाँले SUCCESS INSTITUTE ले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरूको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताउनुभयो। साथै उहाँले शिक्षकहरूको समर्पण र विद्यार्थीहरूको लगनशीलताका कारण यस्ता उपलब्धिहरू सम्भव भएको धारणा व्यक्त गर्नुभयो।

प्रशिक्षकहरूले पनि आफ्नो मन्तव्यमा लाइसेन्स परीक्षामा सफलता प्राप्त गर्नु केवल व्यक्तिगत उपलब्धि मात्र नभई समाज र राष्ट्रका लागि पनि गौरवको विषय भएको बताए। उनीहरूले विद्यार्थीहरूलाई आगामी दिनमा अझ उच्च लक्ष्य राख्दै इमान्दारी र आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिए।

कार्यक्रमको अन्त्यमा संस्थाका प्रतिनिधिहरूले
सक्सेस इन्स्टिच्युट आगामी दिनमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरू निरन्तर आयोजना गर्दै शिक्षा र दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM