२०८२ चैत्र ३ गते मंगलवार

बिरगंज तेक्वान्दो डोजाङका खेलाडीहरूको ४ औं मधेस प्रदेश ओपन तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन

 

पौष ४ गते देखि ५ सम्म मधेस प्रदेश अन्तर्गत निजगढ नगरपालिकामा भर्खरै सम्पन्न ४ औं मधेस प्रदेश ओपन तेक्वान्दो च्याम्पियनसिपमा बिरगंज तेक्वान्दो डोजाङका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्नुभएको छ।
उक्त प्रतियोगितामा बिरगंज डोजाङका खेलाडीहरूले निम्न उपलब्धिहरू हासिल गर्न सफल भएका छन्:सुजीत यादव — द्वितीय स्थान,जेनिश खड्का — तृतीय स्थान सुलभ चौधरी — तृतीय स्थान बिरगंज तेक्वान्दो परिवारको तर्फबाट ती खेलाडीहरूलाई हार्दिक बधाई र शुभकामना व्यक्त गरिएको छ।

डोजाङका संचालक महमद वेश तथा बिरगंजका पुराना गुरु
महमद सकिल अहमद ले यो जानकारी दिएका छन्।
उक्त अवसरमा, बिरगंज तेक्वान्दो डोजाङले आगामी दिनहरूमा खेलाडीहरूले अझ मेहनत, अनुशासन र आत्मविश्वासका साथ उत्कृष्ट प्रदर्शन गर्दै देश र संस्थाको नाम उज्ज्वल बनाइरहुनु भन्ने आशा व्यक्त गरेको छ।

प्रतियोगितामा सहभागी सबै खेलाडीहरूको समर्पण र प्रदर्शनले तेक्वान्दो प्रेमीहरूमा गर्वको भावना जगाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM