२०८२ चैत्र ३ गते मंगलवार

भारत विकास परिषद् तथा श्रीराम जानकी मन्दिर सह विवाह भवन समिति रक्सौल शाखाद्वारा निःशुल्क नेत्र जाँच शिविर आयोजना हुने

 

रक्सौल: भारत विकास परिषद् रक्सौल शाखा तथा श्रीराम जानकी मन्दिर सह विवाह भवन समितिको संयुक्त आयोजनामा आगामी मङ्गलबार, ३० डिसेम्बर का दिन पूर्वाह्न ११:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म पोस्ट अफिस रोडस्थित श्रीराम जानकी मन्दिर परिसरमा निःशुल्क नेत्र जाँच शिविर आयोजना गरिने भएको छ।

यस सम्बन्धमा जानकारी दिँदै भारत विकास परिषद् रक्सौल शाखाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक एवम् मन्दिर समितिका मिडिया प्रभारी रजनीश प्रियदर्शीले आजको व्यस्त जीवनशैलीका कारण आँखासम्बन्धी गम्भीर रोगहरू बढ्दै गएको बताए। धेरै मानिसहरू जानकारीको अभावमा आँखाका रोगबारे अनभिज्ञ रहने भएकाले जनचेतना अभिवृद्धि गर्न तथा पछिल्ला दिनमा तापक्रम घटेसँगै नेत्ररोगीहरूको संख्या बढिरहेको अवस्थालाई ध्यानमा राख्दै यो शिविर आयोजना गरिएको उनको भनाइ छ।

शिविरमा वीरगञ्जको बिर्तास्थित सिद्धि आई केयरका सञ्चालक तथा नेपालका सुप्रसिद्ध नेत्र चिकित्सक डा. आदित्य प्रसाद र डा. बिपिशा श्रेष्ठले सेवा प्रदान गर्नेछन्। दुवै संस्थाका पदाधिकारीहरूले शहरवासीहरूलाई आफ्नो आँखाको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न यो शिविरको अधिकतम लाभ लिन आग्रह गरेका छन्।

शिविरमा सहभागी हुने व्यक्तिहरूको नेत्र जाँचपछि चिकित्सकीय परामर्श प्रदान गरिनेछ। आवश्यक परेमा निःशुल्क औषधि पनि उपलब्ध गराइनेछ। साथै, शिविरमा दर्ता भएका मोतियाबिन्दु वा अन्य नेत्ररोगीहरूलाई सिद्धि आई केयरतर्फबाट जाँच तथा शल्यक्रियामा अधिकतम छुट प्रदान गरिने जानकारी मन्दिर समितिका मिडिया प्रभारी रजनीश प्रियदर्शीले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM