२०८२ चैत्र ३ गते मंगलवार

पटेर्वा सुगौलीमा विद्यालयबाहिर रहेका दलित बालबालिकाको शिक्षामा पहुँच विस्तारका लागि पालिका स्तरीय समन्वय बैठक सम्पन्न

 

पटेर्वा सुगौली गाउँपालिका उपाध्यक्ष ममता महतोको अध्यक्षतामा विद्यालय बाहिर रहेका दलित बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले पालिका स्तरीय समन्वय तथा सहकार्य कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको सहजीकरणमा सञ्चालित उक्त कार्यक्रम शिक्षामा वकालत अभियान (CSE) अन्तर्गत आयोजना गरिएको हो।

जातीय र लैंगिक भेदभाव विरुद्ध संघर्ष गर्दै न्यायपूर्ण समतामूलक समाज निर्माण गर्नु भन्ने मूल नारासहित सम्पन्न कार्यक्रम पटेर्वा सुगौली गाउँपालिकाको बैठक हलमा आयोजना गरिएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि, समाजसेवी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कुल ३६ जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ।

दलित महिला संघ पर्साकी अध्यक्ष निला रामको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यालय बाहिर रहेका बालबालिकालाई औपचारिक शिक्षाको पहुँचमा ल्याउन स्थानीय तह, विद्यालय र समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो।

सहभागीहरूले शिक्षामा पहुँच अभिवृद्धिका लागि सामूहिक पहल, सचेतना र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।कार्यक्रमको समन्वय पटेर्वा सुगौली गाउँपालिका तथा सहकार्य कारखाना समूहले गरेको थियो भने कार्यक्रमको आयोजना दलित महिला संघले गरेको हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM