२०८२ चैत्र ३ गते मंगलवार

प्याब्सन टी–१० क्रिकेट प्रतियोगितामा रोमाञ्चक खेलहरू, छात्र–छात्रातर्फ उत्कृष्ट प्रदर्शन

 

निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत आदर्शनगरस्थित रंगशालामा विभिन्न विद्यालयबीचका रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्। प्रतियोगितामा छात्र तथा छात्रा दुवै समूहका टोलीहरूले उत्साहजनक र प्रतिस्पर्धात्मक प्रदर्शन प्रस्तुत गरेका छन्।

छात्रतर्फको पहिलो खेलमा साउथ जोन सेकेन्डरी स्कुलले मनकामना मावि स्कुललाई ७ विकेटले पराजित गर्दै सहज जित निकालेको थियो। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका नितिस पटेल म्यान अफ द म्याच घोषित भए।
दोस्रो खेलमा हेबेन एकेडेमी स्कुलले लिटिल फ्लावर सेकेन्डरी स्कुललाई ४८ रनले पराजित गर्‍यो। यस खेलका उत्कृष्ट खेलाडी पृथ्वी पटेल म्यान अफ द म्याच घोषित भए।

छात्रातर्फको तेस्रो खेलमा साउथ जोन सेकेन्डरी स्कुलले एसआर ग्यालेक्सी सेकेन्डरी स्कुललाई १२ रनले हराउँदै जित हात पार्‍यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीति साहनी म्यान अफ द म्याच घोषित भइन्।
छात्रतर्फको अर्को खेलमा मनकामना मावि र लिटिल फ्लावर सेकेन्डरी स्कुलबीच भएको प्रतिस्पर्धा सुपर ओभरसम्म पुगेको थियो। रोमाञ्चक सुपर ओभरमा मनकामना माविले बाजी मार्दै खेल जित्न सफल भयो।
यसैगरी, छात्रातर्फको अर्को खेलमा एसआर ग्यालेक्सी सेकेन्डरी स्कुलले बिकन एकेडेमी स्कुललाई ८ विकेटले पराजित गर्‍यो। उक्त खेलकी म्यान अफ द म्याच दीक्षा गिरी घोषित भइन्।

छात्रतर्फको पाँचौँ खेलमा एसआर ग्यालेक्सी स्कुलले गोल्डेन फ्युचर एकेडेमी स्कुललाई १५ रनले हरायो। यस्तै अर्को खेलमा लिटिल फ्लावर सेकेन्डरी स्कुलले गोल्डेन फ्युचर एकेडेमी स्कुललाई ७ विकेटले पराजित गर्दै जित दर्ता गर्‍यो। यस खेलका म्यान अफ द म्याच राजन साह घोषित भए।

प्याब्सन वीरगञ्ज महानगर सचिव अमित आलोकले प्रतियोगिताले विद्यालयस्तरका बालक–बालिकाको खेल प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिइने जानकारी दिनुभयो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM