२०८३ बैशाख २७ गते आईतवार

ब्राइट +२ कलेजमा कक्षा ११ का नयाँ विद्यार्थीलाई भव्य स्वागत

 

वीरगंज–९ स्थित जिल्ला प्रशासन कार्यालय नजिकै रहेको ब्राइट +२ कलेजले कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको छ।

होटल भिष्वामा संस्कारपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न स्वागत कार्यक्रममा विद्यार्थीहरूबीच आपसी सद्भाव, मित्रता र आत्मीयता प्रवर्द्धन गर्ने उद्देश्य राखिएको थियो। कार्यक्रमलाई अझ रमाइलो र आकर्षक बनाउन गीत, नृत्य तथा अन्य सांगीतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरिएको थियो।

स्वागत कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै प्रहरी नायब उपरीक्षक राजु कार्की, मानवसेवा आश्रमका देवेश मानवसेवा तथा शरण गुप्ता विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।

कलेजका संस्थापक मुकेश गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेजका शिक्षक–शिक्षिका, विभिन्न संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले ब्राइट +२ कलेजले छोटो अवधिमै शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको र विद्यार्थी तथा अभिभावकहरू माझ लोकप्रियता हासिल गरेको उल्लेख गरे।

कलेजका संस्थापक मुकेश गुप्ताले नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै सकारात्मक र अनुशासित वातावरणमा अध्ययन गर्न प्रेरित गर्दै भने, “हामी यस कलेजमा विद्यार्थीहरूलाई ज्ञानसँगै संस्कार र सिर्जनात्मक गतिविधिमा सहभागी गराउने वातावरण निर्माणमा विशेष ध्यान दिन्छौं।”
कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई आत्मविश्वासी बनाउँदै आपसी सद्भावका साथ भविष्यका लागि तयार पार्नु रहेको कलेजका अखिल पटेलले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM