हरि खेतान बहुमुखी क्याम्पसअन्तर्गत सञ्चालित हरि खेतान माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार सुष्मिता यादवलाई प्रशासनिक प्रमुख पदमा नियुक्त गरिएको छ। विद्यालय व्यवस्थापन समितिको मिति २०८२-०९-१७ गतेको बैठकले अर्को व्यवस्था नभएसम्म लागू हुने गरी यादवलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार सुष्मिता यादवले हरि खेतान माध्यमिक विद्यालयको माध्यमिक तहअन्तर्गतका सम्पूर्ण प्रशासनिक कार्यहरू प्रधानाध्यापिकाको मातहतमा रही जिम्मेवारीपूर्वक सम्पादन गर्नेछिन्। उनको पारिश्रमिक विद्यालयले तोकेबमोजिम हुने जनाइएको छ।विद्यालय व्यवस्थापन समितिले यादवको इमान्दारिता, दक्षता तथा जिम्मेवारीबोधप्रति विश्वास व्यक्त गर्दै उनको नेतृत्वमा विद्यालयको प्रशासनिक कार्य थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बन्ने अपेक्षा लिएको जनाएको छ।
नयाँ जिम्मेवारीमा उनले पूर्ण क्षमताका साथ कार्य सम्पादन गर्ने विश्वाससमेत समितिले व्यक्त गरेको छ।नियुक्तिपत्र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पी. पी. खेतानद्वारा हस्ताक्षरित गरिएको हो। साथै, उक्त निर्णयको बोधार्थ नि. प्रधानाध्यापक श्रीमती अञ्जली श्रेष्ठ तथा लेखा शाखा, हरि खेतान माध्यमिक विद्यालय, अलखिया रोड, आदर्शनगर–१०, वीरगञ्जलाई जानकारी गराइएको छ।
यसैबीच यादवको नियुक्तिप्रति विद्यालय परिवारका अधिकांश सदस्यहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।









