२०८३ बैशाख २७ गते आईतवार

श्री शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०८२ सुरु पहिलो दिन दुई खेल सम्पन्न, साउथ जोन र मेरीगोल्ड विजयी

 

डी.ए.भी. आर.बी. केडिया स्कूलद्वारा सञ्चालित “श्री शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०८२” अन्तर्गत आज प्रतियोगिताको पहिलो दिन दुई खेल सम्पन्न भएका छन्।

आज सम्पन्न पहिलो खेलमा साउथ जोन सेकेन्डरी स्कूलले गौतम सेकेन्डरी स्कूल लाई ३–१ गोल अन्तरले पराजित गरेको छ। प्रतिस्पर्धात्मक खेलमा साउथ जोन सेकेन्डरी स्कूलका ज्ञानराज चौधरी उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’ घोषित भएका थिए।

त्यसैगरी, आजै भएको दोस्रो खेलमा मेरीगोल्ड सेकेन्डरी स्कूलले बिकन सेकेन्डरी स्कूल लाई २–० गोल अन्तरले हराउँदै विजयी यात्रा सुरु गरेको छ। उक्त खेलमा मेरीगोल्ड सेकेन्डरी स्कूलका निखिल चौधरी उत्कृष्ट खेल प्रदर्शनका कारण ‘म्यान अफ द म्याच’ को उपाधि प्राप्त गर्न सफल भए।

प्रतियोगिताका सम्बन्धमा जानकारी दिँदै डी.ए.भी. आर.बी. केडिया स्कूलका प्रिन्सिपल राकेश मिश्राले विद्यालयस्तरमा खेलकुदको विकास, अनुशासन र आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार आगामी दिनहरूमा पनि रोचक तथा प्रतिस्पर्धात्मक खेलहरू हुनेछन्।

उक्त प्रतियोगितामा बिरगंजका विभिन्न १४ वटा विद्यालयहरूको सहभागिता रहेको छ भने खेलप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM