शैक्षिक सहिद मुकुन्द प्रसाद खनालको स्मृति दिवसको अवसरमा आइतबार मानवसेवा आश्रम, वीरगञ्जमा सप्रेम भोजन कार्यक्रम आयोजना गरी श्रद्धाञ्जली अर्पण गरिएको छ। कार्यक्रम शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल प्रतिष्ठानका अध्यक्ष मुना खनालको अध्यक्षतामा सम्पन्न भएको हो।
उक्त अवसरमा आश्रममा आश्रित दिनदुखी, असहाय व्यक्तिहरूलाई बेलुकाको भोजन गराई सम्मान प्रकट गरिएको थियो। कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ सल्लाहकार तथा समाजसेवी अधिवक्ता प्रकाश कुमार उपाध्याय प्रमुख अतिथि रहनुभएको थियो भने सल्लाहकार तथा ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व सभापति प्रमोद कुश्वाहा, समाजसेवी प्रेमशंकर सिंह, नेपाल प्रौढ संघ पर्साका अध्यक्ष नन्दलाल अहिर, अमरटोल सुधार समितिका अध्यक्ष सन्जय पटेल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
यसैगरी मानवसेवा आश्रम वीरगञ्जका प्रमुख देवेश गुप्ता, समाजसेवीहरू रितेश गुप्ता, अरुण पुरी, पत्रकार युवराज खड्का, बिकन स्कुलका प्रधानाध्यापक जयकुमार दनुवार, प्रतिष्ठान सदस्यहरू श्रवणबहादुर रायमाझी, नवराज भट्टराई, पत्रकार सूर्य बिक, नेहा मिश्रा तथा आमन्त्रित सदस्य सुभास सिंह लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि उपाध्यायले शैक्षिक सहिद मुकुन्द प्रसाद खनालले वीरगञ्जलाई कर्मथलो बनाई ठाकुरराम क्याम्पसमा अध्यापन गराउँदै शिक्षाको ज्योति फैलाउनुका साथै सामाजिक सेवामा आफ्नो सम्पूर्ण जीवन समर्पण गरेको स्मरण गर्नुभयो। उहाँले खनालको सपना अनुरूप प्रतिष्ठानले छोटो समयमै शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा गरेका कार्यहरू अत्यन्तै प्रासंगिक र प्रशंसनीय रहेको उल्लेख गर्दै प्रतिष्ठान परिवारलाई बधाई दिनुभयो। दिनदुखी तथा असहायको सेवा गर्नु नै मानवको सर्वोत्तम धर्म र कर्म भएको बताउँदै सबैलाई सेवाभावमा समर्पित हुन आग्रह गर्नुभयो।
विशिष्ट अतिथि पत्रकार तथा इन्सेक प्रतिनिधि तुलसी भण्डारीले शैक्षिक सहिद मुकुन्द खनालले शिक्षा र सामाजिक क्षेत्रमा पुर्याएको अविस्मरणीय योगदानलाई प्रतिष्ठानले सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमहरूले थप उजागर गरेको बताउनुभयो। मानवसेवा आश्रममा आएर असहायहरूको सेवा गर्दै स्मृति दिवस मनाइनु उदाहरणीय कार्य भएको भन्दै प्रतिष्ठान परिवारको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो।
कार्यक्रमको अध्यक्षता गर्दै प्रतिष्ठान अध्यक्ष एवं शैक्षिक सहिद खनालकी जेठी सुपुत्री मुना खनालले मानवता र सेवाभावले भरिएको सुन्दर स्थल मानवसेवा आश्रममा सानो सहयोग र सेवा गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउनुभयो। गत वर्ष पनि यहीँ स्मृति दिवस मनाइएको उल्लेख गर्दै आगामी दिनमा पनि आश्रमका आश्रितहरूसँग सुख–दुःखमा साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, सल्लाहकार, शुभेच्छुक, पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै विशेष रूपमा आश्रमका प्रमुख सेवक देवेश गुप्ता तथा आश्रम परिवारप्रति आभार प्रकट गर्नुभयो।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष पत्रकार खड्काले धन्यवाद मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव लालबाबु सिंहले गर्नुभएको थियो।
अभिलाष गुप्ता
वीरगञ्ज, ४ माघ