२०८२ चैत्र ६ गते शुक्रबार

वीरगन्जको गौरव फर्काउन सदैव प्रतिबद्ध छु-उम्मेदवार सरार्फ

 

पर्सा क्षेत्र नम्बर -१ को जनमत पार्टीको तर्फबाट उम्मेदवार ओमप्रकाश सरार्फको वीरगन्ज वडा नम्बर -३१ बेलवा, कोनिया र वडा नम्बर -२१ ताजपुरमा भेटघाट एवं संवाद तथा घरदैलो सम्पन्न भएको छ।

कार्यक्रमको क्रममा उम्मेदवार सरार्फले वीरगन्जको गौरव फर्काई सबैले गर्व गर्न सक्ने सहर बनाउने भिजन हामी संग रहेकोले जनमत पार्टी र हर्न छापमा मतदान गरि वीरगन्ज र पर्साको बिकास र समृद्धिको अभियानमा संगै साथ दिन आग्रह गरे।

आफु जेन्जिको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएकोले सबै मतदाताहरु जनमत पार्टीमा गोलबन्द हुन सबैलाई आग्रह गरे।कार्यक्रममा नेताहरू रम्भा मिश्रा,बृजेस्वर चौधरी ,भुपेन्द्र साह,अमरणाथ सिह राठौर,महादेव शर्मा,बिष्णु कुषवाहा,अजित सिह, मन्जय शर्मा,सुमित सिह लगायतको सयौंको सहभागीता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM